मणिपुरको भायरल भीडियोलाई संज्ञानमा लिँदै एनसीडब्ल्यूले डीजीपीलाई लेख्यो पत्र

00-1-Rashtriya-Samachar-12

नयाँ दिल्लीः मणिपुरमा दुईजना महिलाहरूलाई निर्वस्त्र घुमाएको घटनालाई राष्ट्रिय महिला आयोगले संज्ञानमा लिँदै पुलिस महानिदेशकलाई कड़ा कारबाही गर्ने आग्रह गरेको छ। बिहीवार आयोगकी अध्यक्षले उक्त घटनाको निन्दा गर्दै दोषीहरूविरूद्ध कठोरभन्दा कठोर कारबाही गर्ने आग्रह गेरकी छन्। साथै भीडियो प्रसार गर्ने अनुमति दिएकोमा आयोगले ट्वीटरलाई पनि नोटिस पठाएको छ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले बताइन्, मुख्य आरोपीलाई पक्राउ गरिएको छ र साँझसम्ममा अन्य दोषीहरूलाई पनि पक्राउ गर्ने सम्भावना छ। हामीले ट्वीटरलाई पनि आफ्नो प्लेटफर्ममा यस्तो भीडियो प्रसार गर्ने अनुमति दिएकोमा नोटिस पठाएका छौं। यो वास्तवमै चकित पार्ने किसिमको घटना हो। आयोगले यसलाई तत्काल संज्ञानमा लिएको छ।

उनले अझ भनिन्, राजस्थान र मणिपुरबाट यस्ता घटनाहरू प्रकाशमा आइरहेका छन्। दुवै घटनाको सिलसिलामा राज्यको प्रशासनसित निरन्तर सम्पर्क कायम गरिँदैछ। यी घटनाहरूका आरोपीहरूलाई निश्चय पनि सजाय दिइनेछ।

-हिस

About Author

Advertisement