मणिकुमार शर्माको दुई वटा उपन्यास लोकार्पण

IMG-20250113-WA0252

सिलगढी: नेपाली साहित्यका विभिन्न विधाहरू मध्ये विशेषगरी कविता र उपन्यास विधाहरूमा गहिरो छाप छोड्दै “लत्याइएका फूल” नामक चर्चित उपन्यास प्रकाशित गरी पाठकवर्गको ह्रदयमा वास बसेका सफल उपन्यासकार मणिकुमार शर्माको नौलो कृति “घर संसारका प्वालहरू साथै “कलेजी रंगको डाइरी” दुईवटा नयाँ उपन्यासहरू दार्जीलिङ सिक्सटी प्लस एसोसिएशनको तत्वावधानमा अकादमी पुरस्कारले विभुषित स्नेलता राई, दार्जीलिङ सिक्सटी प्लस एसोसिएशनका अध्यक्ष पी एस घिमिरे, कार्यकारी अध्यक्ष रेणु सुब्बा, वरिष्ठ पत्रकार एव् मूर्धन्य साहित्यकार युवराज काफ्लेको प्रमुख अतिथि साथै वरिष्ठ साहित्यकार डा गीता छेत्री, सुकराज दियाली, डा खेमराज शर्मा, व्यंग्यकार कृष्ण प्रधान, मुक्तिप्रसाद उपाध्याय, उत्तमकुमार छेत्रीको विशिष्ट अतिथि साथै अकादमी पुरस्कारले विभुषित लोकनाथ उपाध्याय चापागाईको अध्यक्षतामा १२ जनवरी, आईतबार स्थानीय दुर्गा मल्ल भवन, दुर्गागढी दार्जीलिङ मोडमा उल्लेखित उपन्यासहरूको विधिवत लोकार्पण गरियो।

अतिथिहरूको आसनग्रहण र दीप प्रज्वोलन पछि शुरु गरिएको लोकार्पण कार्यक्रममा अर्जुन रसाइलीको नेतृत्वमा सिक्सटी प्लसका सदस्यहरूले स्वागत गीत प्रस्तुत गरे। साथै रेणु सुब्बाद्वारा स्वागत वक्तव्य राखिएको थियो। यस कार्यक्रममा मणिकुमार शर्मा प्रयासका लोकार्पित कृति “घर संसारका प्वालहरू” साथै “कलेजी रंगको डाइरी” यी दुईवटा उपन्यासभित्र के कस्ता छन्, ती कृतिहरूमाथि डा सुकराज दियालीले समीक्षाको नाङलोमा बेस्सरी निफनेर उपन्यासका बुँदाहरू केलाउने काम गरे।  यसै क्रममा व्यंग्यकार कृष्ण प्रधानले “कलेजी रंगको डाइरी” माथि विद्वत्तापूर्ण समीक्षा प्रस्तुत गरे। सुपरोचित नयात्रा रचनाकार लक्ष्मण नेपालले “घर संसारका प्वालहरू” माथि संक्षिप्त तथा सारगर्भित समीक्षा गरे। सभापति लोकनाथ उपाध्याय चापागाईको ओजस्वी वक्तव्य साथै आर बी छेत्रीको धन्यवाद ज्ञापन, प्रदीप कुमार शर्माद्वारा कविता आवृत्ति साथै आनन्द सिञ्च्यौरीको गीतले कार्यक्रममा सुनमा सुगन्ध थप्ने काम गरे।

दार्जीलिङ सिक्सटी प्लस एसोसिएशनका सहयोगी संस्थाहरू “चम्पासरी नेपाली साहित्य परिषद”, “हाम्रो छहारी”, “मतिगढा गोर्खा कल्याण संघ” साथै “अखिल भारतीय नेपाली भाषी अल्पसंख्यक समिति”को सहयोगमा सम्पन्न भएको कार्यक्रममा दार्जीलिङ, खरसाङ, कालेबुङ साथै सिलगढी भेकका बहुचर्चित साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो यस कार्यक्रमलाई सन्तोष प्रधानद्वारा सञ्चालित गरिएको थियो गरिएको थियो भनी एसोसिएसनका मीडिया प्रभारी बी बी ठकुरीले प्रेस विज्ञप्ति जारी गरेका छन्।

About Author

Advertisement