सिलगढी: पिकअप भ्यानमा गाई तस्करी गर्नुअघि मटिगढा पुलिसले कारवाहीमा ५ गाईसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार मटिगढा पुलिस अन्तर्गतको पातिराम क्षेत्रमा एउटा पिकअप भ्यानमा ५ वटा गाई तस्करी भइरहेको थियो। खबर पाएलगत्तै मटिगढा पुलिस मंगलबार घटनास्थल पुगेको थियो। पुलिसलाई देखेर एकजना गाडी छाडेर भाग्न सफल भए पनि मटिगढा पुलिसले अर्का एकजनालाई नियन्त्रणमा लिएको छ। मालिकको नाम मोहम्मद करीम हो।

उनको घर मटिगढाको तुम्बाजोट क्षेत्रमा छ। पक्राउ परेकालाई बुधबार दिउँसो सिलगढी डिभिजनल कोर्टमा पठाइएको थियो। मुक्त गरिएका गाईहरूलाई अस्तबलमा पठाइयो। यससँगै घटनामा संलग्न पिकअप भ्यान पनि पुलिसले नियन्त्रणमा लिएको छ। मटिगढा पुलिसले सबै घटनाको अनुसन्धान सुरु गरेको छ।










