मजुवामा सार्वजनिक भवन उदघाटन साथै मोहन मजुवा प्राथमिक पाठशालाको शौचालय निर्माणको लागि शिलन्यास

IMG-20250922-WA0134

खरसाङ: २८ नम्बर खरसाङ चिम्नी देवराली समष्टी अन्तर्गत मजुवामा सार्वजनिक भवन उदघाटन साथै मोहन मजुवा प्राथमिक पाठशालाको शौचालय निर्माणको लागि शिलन्यास कार्यक्रम सम्पन्न भएको छ‌। उक्त नवनिर्मित सार्वजनिक भवनको उदघाटन क्षेत्रीय सभासद सभासद श्याम शेर्पाको बाहुलीबाट गरिएको छ। उक्त सार्वजनिक भवनको निर्माणको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष एवं गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापालाई मजुवा क्षेत्रवासीको तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ।

यस कार्यक्रममा टुंग सन्त मेरिज समष्टीका सभासद नुरी शेर्पा, विद्युत् विभागबाट सुरज थापा, समष्टीबाट नारी शक्तिका सभापति सुष्मा मुखिया, पञ्चायत समिति सदस्य दिनेश तामाङ अनि पञ्चायत सदस्यहरु सिमा थापा, दिपेश थापा र शारदा थापा, अभियान्ता शिव गुरुङ र प्रवेश गुरुङ, समष्टिको कार्यवाहक सचिव प्रेम बम्जन साथै विभिन्न क्षेत्रकाे प्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधिगण उपस्थित रहेका थिए। कार्यक्रमको सञ्चालन सबिता छेत्रीले गरेका थिए। कार्यक्रममा मजुवा जस्तो दुर्गम क्षेत्रबाट नीट परीक्षा पास गरेर सहायक प्राध्यापक पदमा पुगेका आशा तामाङ र संजोक सुब्बा, उच्च माध्यमिक परीक्षामा ९१.१ प्रतिशत ल्याउने अनुज राई, मजुवा गुम्बाकाे लागि जमीनदान गर्ने रुपा लामा, मजुवा प्राईमेरी स्कूलको लागि जमीन दान गर्ने प्रकाश बम्जन अनि मधुराम थापा, मजुवा सार्वजनिक भवनको लागि जमीन दान गर्ने प्रेमकुमारी लामा, सचिन गुरुङ, धनमाया तामाङ अनि अजय राई र मन्जय राई, गुम्बा सम्हालेर बसेकाे साथै सबैलाई धर्मकाे बाटो देखाउने लामा सोनामलाई प्रमुख अतिथि अनि विशिष्ट अतिथिहरुका बाहुलीबाट सम्बर्द्धना जनाईयो। यसको साथै सम्पूर्ण मजुवा ग्रामवासीकाे तर्फबाट मजुवा सार्वजनिक भवनको लागि क्षेत्रीय सभासद श्याम शेर्पालाई पनि सम्मानसहित सम्बर्द्धना जनाइयो। कार्यक्रममा ठेकेदार रविन तामाङलाई पनि असल र गुणस्तरको कार्य गरिदिएकोमा समृति चिनोसहित धन्यवाद ज्ञापन गरियो। कार्यक्रममा रंगारग संस्कृति कार्यक्रम पनि प्रस्तुत गरिएको थियो जसमा नानीहरू याङलमु तामाङ, रिद्दी खवास, चुमदेन तामाङ, प्रियासना राई, आशिषना थापा, पूजा सुब्बा आदिले नृत्य प्रस्तुत गरेका थिए भने राहुल थापा, रोशन थापा, संगिता सुब्बा, प्रणय तामाङले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा नृत्य अनि गीत प्रस्तुति दिने नानीहरूलाई कार्यक्रमकाे मुख्य अतिथि सभासद श्याम शेर्पाकाे करकमलबाट प्रमाण पत्र वितरण गरियो।

About Author

Advertisement