मजदुरको हक खोस्नेलाई कानुनले छोड्ने छैन, दार्जिलिङमा अब न्यायको शासन चल्नेछ: सांसद राजु विष्ट

FB_IMG_1780050289441

दार्जिलिङ: लङभ्यु चिया बगानका मालिकविरुद्ध पक्राउ पुर्जी (अरेस्ट वारेन्ट) जारी भएपछि दार्जिलिङको राजनीतिक र सामाजिक क्षेत्रमा हलचल तीव्र भएको छ। यस विषयमा दार्जिलिङका स्थानीय लोकसभा सांसद राजू बिष्ट ले आफ्नो धारणा सार्वजनिक गर्दै दार्जिलिङमा अब अन्यायको नभई न्यायको शासन चल्ने स्पष्ट पार्नुभएको छ। वर्तमान सरकार कमिसनतन्त्रको नभएर जनताको अधिकारको सरकार भएको उल्लेख गर्दै उहाँले मजदुरहरूको हक र हितका लागि आफ्नो तर्फबाट ऐतिहासिक पहलकदमी अघि बढाउनुभएको छ।
​लङभ्यु चिया बगानका मालिकविरुद्ध जारी भएको पक्राउ पुर्जीले मजदुरहरूको हक अधिकार खोस्ने र उनीहरूमाथि शोषण गर्ने जोकोहीलाई पनि अब कानुनले कतई नछोड्ने स्पष्ट सन्देश दिएको विष्टले बताउनुभयो। मजदुरहरूलाई न्याय दिलाउन र उनीहरूको अधिकार सुरक्षित गर्न आफू दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाउँदै उहाँले यो कदम दार्जिलिङका शोषित मजदुरहरूका लागि एउटा ठूलो न्यायको सुरुवात भएको उल्लेख गर्नुभएको छ। मजदुरहरूको हकका लागि राजविष्टले चाल्नुभएको यस ऐतिहासिक कदमको यतिबेला स्थानीयस्तरमा निकै सराहना र चर्चा भइरहेको छ।

About Author

Advertisement