मङ्पु: मङ्पू लाब्दा समष्टि अन्तर्गत नाली डाँडादेखि मङ्पू जनमैदानसम्म जाने बाटोको आज क्षेत्रीय कार्यकारी सभासद रतन थापा अनि सिन्कोना निर्देशक डा. सामुएल राईको बहुलीबाट केक काटेपछि दार्जिलिङ महकुमा जन सम्पर्क अधिकारीको बाहुलीबाट नरिवल फुटाएर उद्घाटन गरियो स्मरण रहोस, यो बाटो १९७५ सालमा कालो बनिए पछि अहिले आएर लगभग ४८ वर्षहरु पछि नवीनीकरण भइरहेको छ।यो बाटोमा म जनमैदान पर्छ, जहाँ १२ महिना बाहै प्रकरको कार्यक्रम हुने गर्छ। यसको साथै सिन्कोनावासीको ढुकढुकी भनौ सिन्कोना मुख्यालय पनि यहि बाटोमा पर्दछ।

बाटो मरमति गरिदिने भएपछि मङ्पूवासीले क्षेत्रीय सभासद रतन थापा अनि निर्देशक डा. सामुएललाई धन्यवाद दिँदै ठेकेदारलाई पनि काम राम्रो गरिदिने अपिल गरेका छन्।










