मङ्पु निवासी वरिष्ठ कवि सुरेन्द्र थिङलाई यसपालीको भाईचन्द्र प्रधान स्मृति पुरस्कार प्रदान गरिने घोषणा

IMG-20240630-WA0252

कालेबुङ: मङ्पु निवासी कवि सुरेन्द्र थिङलाई यसपालीको भाईचन्द्र प्रधान स्मृति पुरस्कार प्रदान गरिने भएको छ। नेपाली अध्ययन समिति कालेबुङको आयोजनामा वार्षिक रूपमा प्रदान गरिने भाईचन्द्र प्रधान स्मृति पुरस्कार यसपाली मङ्पुका वरिष्ठ कवि सुरेन्द्र थिङलाई प्रदान गरिने घोषणा गरिएको छ। साहित्यिक उर्वर भूमि मानिने मङ्पुका वरिष्ठ कवि सुरेन्द्र थिङको नयाँ कविता कृति ‘पानीको मरूभूमि’ लाई प्रदान गरिने भएको छ। नेपाली अध्ययन समिति कालेबुङको तर्फबाट बलभद्र शर्माले यसपालीको भाईचन्द्र प्रधान स्मृति पुरस्कार वरिष्ठ कवि सुरेन्द्र थिङको कविता कृति ‘पानीको मरूभूमि’ लाई प्रदान गरिने घोषणा गरिएको जानकारी दिएका छन्। कवि सुरेन्द्र थिङले लामो समयदेखि कविता विधामा कलम चलाउँदै धेरै कविता कृतिहरू भारतीय नेपाली साहित्यमा दिएका छन्। उनको कविता कृतिहरूमा पहिलो ‘इथरको सन्नटा’ रहेको छ भने अन्य कविता कृतिहरूमा ‘एक जुनी अक्षर’, ‘शरणार्थी र सय घाम’ अनि ‘पानीको मरूभूमि’ प्रकाशित छन्। उनी मूलत: कवि साथै गीतकार पनि हुन्। उनको धेरैवटा गीतहरू पनि विभिन्न संगीतकारहरूले संगीतबध्द गरेर विभिन्न गायकहरूले गाएका छन्। कवि सुरेन्द्र थिङलाई गत वर्ष गैरीवासबाट आरबी छेत्री स्मृति पुरस्कार पनि प्रदान गरिएको थियो। सुरेन्द्र पूर्व शिक्षक पनि हुन् भने हालमा उनी लगातार रूपमा साहित्य सेवामा अनवरत लागि परेका छन्। उनी मङ्पु साहित्य परिषदको संस्थाप सदस्य हुन् भने मङ्पुकै सर्वनाम समूहको संयोजक पनि हुन्। मङ्पुका वरिष्ठ कवि साहित्यकार सुरेन्द्र थिङलाई कालेबुङबाट दिइने यसपालीको भाईचन्द्र प्रधान स्मृति पुरस्कार प्रदान गरिने घोषणा भएपछि साहित्य क्षेत्रका मानिसहरूले उनलाई बधाई दिन थालेका छन्।

About Author

Advertisement