नयाँ दिल्ली: मङ्गलबारबारदेखि देशका सबै ब्यांकमा २००० को नोट साट्ने गर्ने प्रक्रिया शुरु हुने भएको छ। घोषणा भएको तीन दिन पछि, भारतीय रिजर्व ब्यांक (आरबीआई)का गभर्नर शक्तिकान्त दासले मानिसहरूलाई नोट साट्नको लागि ब्यांकहरूमा भीड नगर्न भनेका छन्l उनले भने, ‘हामीले छर महिनाको समय दिएका छौं। नोटहरू साट्न स्वतन्त्र महसुस गर्नुहोस्, तर समय सीमालाई गम्भीरतापूर्वक लिनुहोस्l’
गभर्नरले भने, ‘३० सेप्टेम्बर २००० को समयसीमापछि पनि कानुनी टेन्डर अर्थात् वैध रहनेछ।’ आरबीआईले १९ मईमा २००० रुपियाँको नोट बन्द गर्ने घोषणा गरेको थियो। आरबीआईले ३० सेप्टेम्बरसम्म ब्यांकमा यस्ता नोट साट्न वा खातामा जम्मा गर्न भनेको छ। आरबीआईले सोमबार अर्को दिशानिर्देश जारी गरेको छ। जसमा ब्यांकहरुलाई गर्मीलाई मध्यनजर गर्दै जनताका लागि छायादार ठाउँ र पानीको व्यवस्था गर्न भनिएको छ। कति नोट साटियो र कति जम्मा भयो भन्ने दैनिक हिसाब राख्न भनेका छन्। आरबीआईका गभर्नर शक्तिकान्त दासले भने, ‘जुनसुकै समस्या आए पनि समाधान गर्नेछौं। यो प्रक्रियालाई ब्यांकमार्फत पनि अनुगमन गर्नेछौं। चिन्ता लिनुपर्ने केही छैन। मुद्रा व्यवस्थापन सञ्चालनअन्तर्गत हामीले दुई हजारका नोट चलनचल्तीबाट हटाउने काम शुरु गरेका छौंl’ स्टेट ब्यांकले आइतबार २००० को नोट साट्ने निर्देशिका जारी गरेको छl भारतको सबैभन्दा ठूलो ब्यांकले नोट साट्नका लागि कुनै परिचयपत्र आवश्यक नपर्ने बताएको छ। फारम भर्नु पर्दैन। १० वटा नोटहरू एक पटकमा साट्न सकिन्छ।











