मङपूमा आजदेखि दुईदिने शिल्प समाधान (एमएसएमई) शिविर

SIV-1024x526.jpg

मङपू: पश्चिम बङ्गाल सरकारले गत १ अगस्तदेखि आगामी ५ अगस्तसम्म पाँचदिने शिल्प समाधान (एमएसएमई) कार्यक्रम विभिन्न ग्राम पञ्चायतहरूमा आयोजना गरिरहेको छ। यसै क्रममा मङपूको तीनवटा ग्राम पञ्चायत रेसेप लाब्दा अनि रोङचोङका गाउँलेहरूले पनि आजदेखि दुई दिन व्यापी उक्त शिविरको लाभ उठाउन सक्नेछन्।
मङपू पेन्सन अफिसमा सम्पन्न सो शिविरमा आज धेरैजना गाउँलेहरूले लाभ उठाए। यस शिविरमा साना-ठुला आफै उद्यम गरेर खाने पसलेहरूलाई उद्यम पञ्जीकरण पनि गरियो। स्थानीय व्यापारीहरूले भोलि ५ अगस्तको दिन पनि आ-आफ्नो पसलको उद्यम पञ्जीकरण गर्न सक्ने रङ्गली रङ्गलीयट तकदाह ब्लकका सम्बन्धित विभागीय अधिकारी भूमिका बम्जनले जानकारी दिएकी छन्।

About Author

Advertisement