मङपूको दुई छोरीको नेटमा राम्रो सफलता

WhatsApp-Image-2024-10-19-at-20.13.36

मङपू: मङपू सरकारी सिन्कोना बगान अन्तर्गत रङ्वी विभाग निवासी दीप थापा र श्रीमती निर्मला थापाका जेठी छोरी कृति थापाले २०२४ को राष्ट्रिय योग्यता जाँच (नेसनल इलिजिबिलिटीटेस्ट नेट) मा अंग्रेजी भाषा विषयमा ९२.३५ प्रतिशत स्कोर गरेर क्वालिफाइड फर एसिस्टेन्ट प्रोफेसर एण्ड पीएचडीको योग्यता प्राप्त गर्न सफल बनेकी छन्। रङ्वी विभागको प्याराडाइज नर्सरी स्कूलबाट शैक्षिक यात्रा शुरू गरेर, हिल एञ्जल्स एकाडेमी, सेन्ट फिलोमिना उच्चतर माध्यमिक विद्यालय, कालेबुङ, साउथफिल्ड कलेज, दार्जीलिङ अनि प्रेसीडेन्सी कलेज, कोलकताबाट अंग्रेजी भाषामा मास्टर्स गरेपछि वर्तमानमा नेट परिक्षा साथै पीएचडी हासिल गरेकी छन्। यही क्रममा कान्छी छोरी सृष्टि थापाले २०२४ को नेटमा मास कम्युनिकेशन एण्ड जर्नालिजममा ९९.७८ स्कोर गरेर क्वालिफाइड फर जेआरएफ एण्ड एसिस्टेन्ट प्रोफेसरको योग्यता प्राप्त गर्ने सफल बनेकी छन्। रङ्वी विभागको प्याराडाइस नर्सरी स्कूलबाट शैक्षिक यात्रा शुरू गरेर, हिल एञ्जल्स एकाडेमी, सेन्ट फिलोमिना उच्चतर माध्यमिक विद्यालय अनि गर्ल्स उच्चतर माध्यमिक विद्यालय, कालेबुङ, सन्त जोसेफ कलेज, दार्जीलिङ अनि शान्तिनिकेतन, बोलपुरबाट मास कम्युनिकेशन एण्ड जर्नालिजममा  मास्टर्स गरेकी हुन्। एउटै घरका दुई दिदी बहिनीको यो सफलताले राष्ट्रिय स्तरको परीरिक्षाहरूमा पहाडकाहरुले सफलता पाउनका लागि उर्जा र प्रोत्साहन प्राप्त हुनेछ।

About Author

Advertisement