मकिगढाको पिडित परिवारसँग एडवाडर्सले गरे भेट

IMG-20230823-WA0380.jpg

दार्जीलिङ: हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले मतिगढाको पिडित परिवारसँग भेट गरेका छन्। सिलगढीको रविन्द्र पल्लीमा एक नेपाली नाबालिकाको निर्मम हत्यापछि पहाडमा आक्रोशको लहर छाएको छ। यसै क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स आज पिडित परिवारको घरमा पुगेर नाबालिकाकी आमा अनि पिडित परिवारको सदस्यहरूसँग भेट गरेका छन्।

हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने, यस्तो स्थितिमा हामी कुनै शान्तना दिनु सक्दैनौं किन कि एक आमाले आफुले जन्माएकी छोरी गुमाएकी छिन् अनि यो पीढा र ब्यथा कति गहिरो र पिडादायक हुन्छ वर्णन गर्न सकिन्दैन। तर पिढीत परिवारले न्याय पाउनुपर्छ भन्ने हाम्रो सोच र चाहना छ।

About Author

Advertisement