मंग्पू लाब्दा समष्टिमा हाम्रो पार्टीको कमिटी गठन

IMG-20220905-WA0173.jpg

दार्जीलिङ: पहाडको कुना काप्चाहरूमा हाम्रो पार्टीको संगठन विस्तार तीव्र गतिमा चलिरहेको छ। यसै क्रममा आज मंग्पू ७४ धूराको सार्वजनिक भवनमा हाम्रो पार्टीको सभा सम्पन्न भयो। आयोजित सभामा हाम्रो पार्टीको को-अर्डिनेटर प्रमोद रूम्बा विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै मंग्पू क्षेत्रका विभिन्न स्थानहरू अनि गाउँहरूबाट पार्टी कार्यकर्ताहरू एंव समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो।

सीबी राईको अध्यक्षतामा सम्पन्न भएको सभालाई निमा शेर्पा, भोज कुमार राई, सरोज शर्मा, सन्दीप शर्मा, निलम तामाङ, बुद्व रसाइली, अन्जु राई, टीका सिंहगौरे, कुलदीप राई अनि पार्टीको को-अर्डिनेटर प्रमोद रूम्बाले आ ट-आफ्नो सम्भाषण राखेका थिए। यसै क्रममा प्रगति रूचालले मंग्पू समष्टिमा हाम्रो पार्टीलाई दह्रिलो बनाउने प्रस्ताव राख्दै प्रमोद रूम्बालाई मंग्पू लाब्दा समष्टिको अध्यक्ष चयन गरियो।

त्यसरी नै उपाध्यक्ष निलम राई, सचिव विनोद रसाइली, सह सचिव भोज कुमार राई,कोषाध्यक्ष प्रेरणा गुरूङ, ईशा गुरूङ, प्रवक्ता अदीप तामाङ र कुलदीप राई, मुख्य सल्लाकार नीमा शेर्पा, सुनिल राई, सुमन तामाङलाई चयन गरियो। त्यसरी नै कायकारिणी सदस्या हरूमा शेखर तामाङ, सरोज शर्मा, राहुल शर्मा, टीका सिंहगौरे, सन्दीप शर्मा, विन्दिया तामाङ, बुद्व रसाइली अनि आदित्य शेर्पालाई चयन गरिएको छ।

मंग्पू लाब्दा समष्टिको नेतृत्वहरूले एंव कार्यकर्ता साथै समर्थकहरू ले मंग्पू लाब्दा समष्टिमा हाम्रो पार्टीलाई दह्रिलो बनाएर लैजाने संकल्प लिएका छन्।

About Author

Advertisement