कालचिनीः राजाभात चियाबारीको दुईजना युवक राजेन उराँव र बिगेस उराँव मंगलबार अबेर राती बंगबारी डिभिजनबाट अठियाबारी हुँदै बाइकमा सवार भएर घर फर्किरहेको समय कमानको सेक्सनमा एउटा जंगली हात्ती देखेर बाइक रोकेर भाग्न खोज्दा उक्त हात्तीले एक्कासी हमला गर्दा दुवै बाइकबाट उछिट्टिएर कमानको सेक्सनमा फ्याँकिएको थियो।
घटनाको जानकारी पाएर गाउँलेहरू आएर दुवैलाई उद्धार गरेर प्रथमत उत्तर लोथाबारी ग्रामीण अस्पतालमा पुऱ्याएको थियो भने त्यहाँबाट प्राथमिक उपचार पश्चात दुवैलाई अलिपुरद्वार जिल्ला अस्पताल रेफर गरीएको थियो। उक्त घटनाले अठियाबारी लगायत भातखावा चियाबारीमा सनसनी फैलिएको छ।









