मंगलबारेमा दोस्रो वडास्तरीय भेट्रान फुटबल रनिङ कपको पहिलो दिन

IMG-20241002-WA0099

वडा नम्बर ४ विजयी

भद्रपुर: मोरंग जिल्ला स्थित उर्लाबारी नगरपालिका वार्ड नं ०३ स्थित मंगलबारेमा दोस्रो वडास्तरीय भेट्रान फुटबल रनिङ कप २०२४ प्रतियोगिता हिजोदेखि सुरु भएको छ। हिजोको पहिलो खेलमा प्रमुख अतिथिको रूपमा वडा नम्बर ०३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीबाट प्रतियोगिताको उद्घाटन भएको थियो।
यस्तै वडा नम्बर २ का वडाध्यक्ष राजन कुमार कडेँलले सो प्रतियोगिताको ट्रफी उद्घाटन गरेका थिए । सो प्रतियोगिताको कार्यक्रम सञ्चालक मंगलबारे निवासी व्यक्ति राम तिम्सिनाले सञ्चालन गरेका छन्।
हिजोको पहिलो प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ४ ले वार्ड नं १ लाई ५-१ को फराकिलो गोलको अन्तरले जीत हासिल गरेको छ।
आफ्नो उत्कृष्ट खेल प्रदर्शनी गरेको बताउदै आयोजकले वडा नम्बर ४ का भेट्रान खेलाडी प्रकाश राईलाई म्यान अफ दि म्याच घोषणा गरेको थियो। उनलाई ट्रफीले सम्मानित गरिएको थियो। यस्तै सो अवसरमा १ नम्बर भेट्रान टीमलाई आयोजकले मायाको चिनो प्रदान गरेको छ।
उर्लाबारी नगरपालिका वडा नम्बर २ र ३ को मुख्य प्रयोजन रहने सो प्रतियोगिताको फाईनल खेल आगामी अक्टूबर ८मा हुने आयोजकले जनाएको छ।
यसैगरी आज हुने दोस्रो दिनको प्रतियोगिताको खेल वडा नम्बर ६ र २ का भेट्रान टीम बिच दिउसो ३ बजेदेखि संचालन हुने छ।

About Author

Advertisement