मंगपू गोल्ड कपः सीएसए सिक्किमको रोमाञ्चक जीत

photocollage_20241020205140207

मंगपू: मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२४-मा आइतवार खेलिएको म्याच चरम रोमाञ्चक रह्यो। आजको म्याचमा जीत हासिल गरी सिक्किमको छुजाचेन स्पोर्ट्स एकाडमी (सीएसए)-ले क्वार्टर फाइनलमा स्थान बनायो। मंगपू खेल मैदानमा भएको म्याचमा सीएसए सिक्किमले शक्तिशाली दार्जीलिङ पुलिसविरुद्ध पेनल्टी शूटआउटमा ५-४-ले जीत हासिल गऱ्यो। नियमित समयमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका गोलकीपर राजीव सिन्हालाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा १० वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल क्रमशः २६ र २७ अक्टोबरमा हुनेछ। यसरी फाइनल ६ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा कोषाध्यक्ष सुदर्शन तामाङले जानकारी दिएका छन्।

About Author

Advertisement