मंगन पुर्नवास केन्द्रको पाँचौं स्थापना दिवस पालन

IMG-20250426-WA0227

मंगन: मंगन जिल्लामा सञ्चालित पूर्नवास केन्द्रले आज ५औ स्थापना दिवस पालन गऱ्यो। मंगन पीएमश्री सरकारी वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा सम्पन्न कार्यक्रममा स्वास्थ्य एवं परिवार कल्याण विभागीय मन्त्री जीटी ढुङ्गेल मुख्य अतिथिकारूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री ढुङ्गेलले केन्द्रद्वारा प्रदान गरेको सेवाको प्रशंसा गरे। उनले मंगन पुनर्वास केन्द्रलाई आवश्यक सहयोग प्रदान गर्ने आश्वासन दिँदै जिल्ला अस्पताल मंगनमा थप कोठा स्थापना गर्ने सुझाव दिए। मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा राज्यको स्वास्थ्य क्षेत्रलाई बढावा दिन प्रभावकारी काम भइरहेको दाबी गरे। राज्य सरकारको नशामुक्त समाज निर्माण अभियानबारेमा पनि जानकारी गराए। मन्त्री ढुङ्गेलले नशालु पदार्थबाट युवाहरुलाई टाडा रहेर नशामुक्त जीवनशैली अप्नाउने आग्रह पनि गरे।

About Author

Advertisement