मंगन जिल्लालाई नशामुक्त बनाउने रणनीति तयार

IMG-20240911-WA0300

मंगन: मंगन जिल्लाको जिल्लास्तरीय नार्को समन्वय समितिको बैठक आज जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। अतिरिक्त जिल्लापाल पेमा वाङ्चेन नाम्कर्पाको अध्यक्षतामा भएको बैठकमा जिल्ला पुलिस अधिकारीहरु, चिकित्सा अधिकारीहरु, नर्दन राइडर्स मोटरसाइकल क्लबका पदाधिकारीहरुलगायत सरकारी विभागका अधिकारीहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो। समितिले लामो छलफलपछि जिल्लाभित्र लागुपदार्थ न्यूनीकरण गर्ने रणनीति तयार पारेको छ। समितिले विशेष गरी विद्यालय र ग्रामीण क्षेत्रमा सचेतना कार्यक्रम आयोजना गर्दै नशामुक्त भारत अभियानसँग सहकार्य गर्नेबारे छलफल गरेको थियो। कार्यक्रमको उद्देश्य लागुपदार्थ समाधान प्रणालीबारेमा जानकारी प्रदान गर्नु रहेको थियो। पुलिस विभागले लागूपदार्थसम्बन्धी कानुनबारेमा जानकारी गराएको थियो। स्रोत वक्ताहरुले लागूपदार्थसम्बन्धी गतिविधिहरूबारे प्रशासनलाई सम्पर्क गर्नुपर्ने कुरामा जोड़ दिएको थियो। जिल्ला चिकित्सा अधिकारी डा. टीटी काल्योनले प्रभावित व्यक्तिहरूमा स्वास्थ्य सेवाबारे जानकारी गराए। समितिका सदस्यहरूले जिल्लाभरि लागुपदार्थ दुरुपयोगको समस्यालाई सम्बोधन गर्न विभागहरूबीचको समन्वय सुधार गर्न र युवा क्लब र गैरसरकारी संस्थाहरूलाई सक्रिय बनाउने सुझाव दिए।

About Author

Advertisement