मंगन जिल्लामा दिव्याङ्गजनका लागि विशेष ओलम्पिकको आयोजना

IMG-20241214-WA0256

मंगन: मंगनमा जिल्लास्तरीय स्पेशल ओलम्पिक खेल २०२४ सम्पन्न भयो। आज मंगन सिनियर सेकेण्डरी स्कूलमा सम्पन्न कार्यक्रम स्पेशल ओलम्पिक भारत, सिक्किम च्याप्टरले सिक्किमम सरकारको शिक्षा विभाग र खेलकुद तथा युवा मामिला विभागसँगको सहकार्यमा आयोजना गरेको थियो। कार्यक्रमको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न, विभिन्न खेलकुदमा अवसर प्रदान गर्नु र समावेशितालाई प्रवर्द्धन गर्न मञ्च प्रदान गर्नु रहेको थियो। मंगन जिल्ला पञ्चायत अध्यक्ष कादो लेप्चा कार्यक्रममा प्रमुख अतिथि थिए। यसका साथै जिल्लापाल अनन्त जैन र अन्य वरिष्ठ अधिकारीहरु पनि उपस्थित थिए। कार्यक्रमको शुरुमा स्पेशल ओलम्पिक भारत, सिक्किम च्याप्टरका अध्यक्ष कुबेर शर्माले यसको उद्देश्यमाथि प्रकास पारे। उनले अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकूदमा भाग लिन प्रोत्साहित गर्ने महत्त्वमा जोड दिँदै यसले उनीहरूको आत्मविश्वास र सामाजिक समावेशीकरण बढ्ने बताए। प्रमुख अतिथि लेप्चाले जिल्लामा यस्तो प्रभावकारी कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए। उनले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई प्रेरित गर्ने कुरामा जोड दिए र सबै सहभागीहरूलाई भविष्यको खेलकुदमा सक्रियतासित भाग लिने प्रोत्साहित गरे।

About Author

Advertisement