मंगन जिल्लाका मतगणना अधिकारीहरूलाई लिएर प्रशिक्षण

IMG-20240515-WA0236.jpg

मंगन: राज्यका मुख्य चुनाउ अधिकारीको निर्देश बमोजिम मंगन जिल्लामा आगामी २ जूनको दिन सम्पन्न हुने सिक्किम विधानसभाको चुनाउ मतगणना तयारीलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम कृषि विज्ञान केन्द्रमा सम्पन्न भयो। यस प्रशिक्षण कार्यक्रममा विशेष गरे काउन्टिङ सुपर भाइजर, काउन्टिङ एसिस्टेन्ट र माइक्रो अबजर्भरहरूलाई लिएर आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीले चुनाउ प्रक्रियामा सक्षमता सुनिश्चित गर्न संलग्न सबैको अमूल्य योगदानको लागि कृतज्ञता व्यक्त गरे। उनले सबैको कडा परिश्रम र इमान्दारिताको प्रशंसा गर्दै मास्टर ट्रेनरहरूको निर्देशनलाई नजिकबाट ध्यान दिन सल्लाह दिए। निर्वाचन आयोगको दृषिटी र सूक्ष्म पर्यवेक्षकको भूमिका निर्णायक हुनेमा जोड दिँदै उनले सही ट्याबुलेशन र थपको महत्त्वमा जोड दिँदै आफ्नो जिम्मेवारी सावधानीपूर्वक र सही ढंगले पूरा गर्न आग्रह गरे। जानकारी अनुसार, आज ४२ माइक्रो अब्जर्बरले आफ्नो प्रशिक्षण पूरा गरे। यसैगरी, दोस्रो चरणको प्रशिक्षण २१ र २२ मई तथा तेस्रो चरणको प्रशिक्षण २९ मईमा हुनेछ।

About Author

Advertisement