मंगन जिल्लका अबजर्भरले गरे १७सी र १७ए फारमको जाँच

IMG-20240420-WA0215.jpg

गान्तोक: मंगन जिल्लाका जिल्लापाल एवम रिटर्निङ अधिकारी हेम कुमार छेत्री साथै जनरल अबजर्भर उमाकान्त उमारो १७सी र १७ए फारमको जाँच गरे। विशेष गरेर मंगन जिल्ला अन्तर्गत लाचेन मंगन, जङ्गु, कवि लुङचोर र संघ सीटको लागि उक्त फारम जाँच गरिएको हो।पेन्टोकस्थित जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको जाँच कार्यमा जिल्लापाल छेत्रीले राजनीतिक दलका प्रतिनिधिहरूलाई जनरल अबजर्भरको दिशा निर्देश बमोजिम कागज पत्रको जाँच गरिएको बताए। जिल्लापालले छानबिन आयोजना गरिनुको मुख्य उद्देश्य स्पष्ट पार्दै राजनीतिक दलहरूसँग संलग्न व्यक्तिहरूको जिज्ञासाबारे जानकारी लिए। यस अवसरमा सबै राजनीतिक दलका उम्मेदावरहरूको कागज पत्र सही रहेको अवगत गराए।

About Author

Advertisement