मंगनमा विभिन्न खेलहरुको छनौट कार्यक्रम

IMG-20251018-WA0212

मंगन: मंगन जिल्लाको खेलकूद एवं युवा मामिला विभागको पहलमा आज दोस्रो दिन जिल्लास्तरीय विविध खेलको छनौट कार्यक्रम सम्पन्न गरियो। १६ वर्षभन्दा कम उमेरका किशोर किशोरीहरूलाई लिएर आयोजित छनौट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। दोस्रो दिनको कार्यक्रम पीएमश्री वरिष्ठ माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको थियो। उक्त कार्यक्रमको निगरानी खेलकूद एवं युवा मामिला विभागका संयुक्त निर्देशक जानिम लेप्चाले गरेकी थिइन्। उनको साथमा पीएमश्री वरिष्ठ माध्यमिक विद्यालयका प्रधानाचार्य कर्मा टेम्पो इथेन्पा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। जिल्लास्तरीय प्रतियोगितामा छनौट विद्यार्थीहरूले राज्यस्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन्।

About Author

Advertisement