मंगनमा फिट इन्डिया अभियान शुरु

IMG-20241019-WA0235

मंगन: सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागले राज्यका विभिन्न जिल्लामा फिट इन्डिया स्वच्छ भारत अभियानलाई गति दिँदै आएको छ। यसअन्तर्गत आज उत्तर जिल्लाको मुख्यालय मंगन जिल्ला प्रशासनिक केन्द्रमा पनि यस अभियानलाई अघि बढ़ाएको छ। पहिलो दिनको कार्यक्रममा विभागले फिट इन्डिया स्वच्छ भारत रन आयोजन गरेको थियो यसअन्तर्गत तीन अनि पाँच किलोमिटर दुरीको म्याराथन आयोजना गरेको थियो। कार्यक्रममा जिल्लापाल अनन्त जैन मुख्य अतिथिका रुपमा उपस्थित थिए। यस अतिरिक्त जिल्ला प्रशासनिक केन्द्रका अधिकारी, कर्मचारीहरु र खेलकूद एवं युवा मामिला विभागका अधिकारीहरु उपस्थित थिए। आजको म्याराथन कार्यक्रमलाई प्लग रनको नाम दिइएको थियो। जसको उद्देश्य जगिङलाई फोहोर सङ्कलन, फिटनेस प्रवर्द्धन, पर्यावरणीय कार्य र स्वच्छ र स्वस्थ वातावरणको लागि आममानिसहरुसंग जोड्नु रहेको थियो। ज्ञात रहोस, भारत सरकारले स्वस्थ एवं स्वच्छ जीवन शैलीका लागि जनजागरुकता गराउन गत वर्षदेखि देशव्यापी अभियान शुरु गरेको थियो। जसलाई सिक्किम सरकारका खेलकूद एवं युवा मामिला विभागले लगातार रुपमा अघि बढ़ाइरहेको छ।

About Author

Advertisement