झारखण्ड: प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार भने कि राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) सरकारले भ्रष्ट शक्तिहरूलाई पर्दाफाश गरेको छ, र भ्रष्टाचारमा संलग्न सबैलाई आगामी पाँच वर्षमा कानून अन्तर्गत कारबाही गर्नुपर्नेछ। जेलमा रहेका झारखण्डका पूर्व मुख्यमन्त्री हेमन्त सोरेनको नाम नलिई मोदीले भने कि कांग्रेस र विपक्षी दलका नेताहरूले भ्रष्टहरूको समर्थनमा जुलुस निकाल्छन्। ‘झारखण्डका पूर्व मुख्यमन्त्री भ्रष्टाचारको मुद्दामा जेलमा छन्’, उनले लोहरदगा लोकसभा सीटबाट भाजपा उम्मेदवार समीर ओराँनको पक्षमा गुम्लाको सिसाईमा चुनावी सभामा भने। भ्रष्टाचारमा संलग्न सबैलाई अबको पाँच वर्षभित्र कानुनी कारबाही गर्नुपर्ने प्रधानमन्त्रीले बताए। प्रधानमन्त्री मोदीले आदिवासी जिल्लाहरूको पिछडिएकोमा कांग्रेसलाई पनि जिम्मेवार ठहराl संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) को शासनकालमा २००४ देखि २०१४ सम्म गोदामहरूमा अन्न सडेको थियो र आदिवासी बालबालिकाहरूको भोकले मृत्यु भएको आरोप लगाए। उनले भने, ‘गरिबलाई नि:शुल्क राशन वितरणलाई संसारमा कुनै पनि शक्तिले रोक्न सक्दैन, यो मोदीको ग्यारेन्टी होl’








