भोलिदेखि कुनै गाडीले दार्जिलिङ पहाडमा बालुवा र गिटी नबोक्ने घोषणा

IMG-20241126-WA0253

खरसाङ: दार्जिलिङ ट्रक चालक संगठन र दार्जिलिङ ट्रक मालिक एसोसिएसनले संयुक्त रुपमा भिडियो जारी गर्दै भोलि बुधबारदेखि दार्जिलिङ पहाडमा कुनै पनि गाडीले बलुवा र गिटी नबोक्ने भनी निर्णय गरेको बताएको छ।‌ आज दुवै संगठनले संयुक्त रुपमा भिडियो जारी गर्दै प्रशासनले बलुवा बोकेको गाडी पक्राउ गरेको भन्दै लगातार रुपमा ट्रक चालकहरु र ट्रक मालिकहरु हिजोदेखि बसिरहेको र आज पनि बसेको बताउँदै पक्राउको विरोधमा दार्जिलिङ ट्रक चालक संगठन र दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएसनले संयुक्त रुपमा दार्जिलिङ पहाडमा कुनै पनि गाडीले बलुवा र गिटी नबोक्ने भनी निर्णय गरेको बताएको छ।‌ यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै ट्रक चालक संगठनको पक्षबाट महासचिव चन्दन छेत्रीले कागज पत्रहरु भएर पनि हाम्रो गाडीलाई पक्राउ गरेको कारणले हामीे हिजो र आज यहाँ छें भन्दै यसको विरोधमा दार्जिलिङ पहाडमा कुनै पनि गाडीले बलुवा र गिटी नबोक्ने भनी बताएका छन्‌। उनले बालुवा गिट्टीबाहेक अरु सामानहरु भने बोक्ने बताएका छन्। उनले हामीले जनतालाई दुःख दिएको होइन तर जनताले पनि हाम्रो दु:ख बुझ्नुपर्छ भनी बताएका छन्‌। उनले कुनै पनि ठेकेदारको गाडीले पनि गिटी वालुवा बोक्नु हुँदैन भनी बताएका छन्। त्यसरी नै दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएसनको सभापति मन्ना त्रिखत्रीले अब कुनै पनि गाडीले बलुवा र गिटी नबोक्ने भनी निर्णय गरेको र सबैलाई यस कुरालाई पालन गरिदिने आह्वान् गरेका छन्। उनले प्रशासनले आपतकालीन अवस्थामा बोक्ने अनुरोध गरे पनि नबोकिदिने आह्वान् गर्दै ट्रक चालकजरु मालिकहरु पनि पेट्रोलिङमा‌ बस्ने बताएका छन्।‌उनले कसैलेे बालुवा गिट्टी बोकेको पाए संगठनबाट दण्ड पाउने पनि बताएका छन्‌।

About Author

Advertisement