भोट आउँदा पिनआउँदा पनि विकासको काम गरिरहेको नै छु र यसपालीको भोट हावामा नजायोस्: अनित थापा

IMG-20260219-WA0096

खरसाङ: म हारेर पनि यस क्षेत्रमा विकासको काम गर्दैछु। तर भाजपाले भोट जितेर पनि धन्यवाद भन्नु पनि आएन र तपाईंहरुले खोज्नु पनि भएन। भाजपालाई जिताएर हामीलाई नै नोक्सान भएको छ। भाजपालाई जिताएको २० वर्ष भयो‌ तर भाजपाले कुनै सहयोग गरेन भनी बताएका छन्। उनले घुम्ती चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको कर्मी सभालाई सम्बोधन गर्दै हामी बंगालमा बसेर दिल्लीलाई भोट हाल्छौं अन्त विकास कसरी हुन्छ भनी बताएका छन्। उनले आउने विधानसभा चुनावमा पनि तृणमूल कांग्रेसको सरकार बनिने दाबी गर्दै तृणमूल कांग्रेसको सरकार बनाएपछि अर्को पार्टीको विधायकलाई जिताएर पठाउँदा विकास आउँदैन अनि विकासको लागि विकास ल्याउन सक्ने पार्टीलाई जिताएर पठाउनु आवश्यक छ भनी बताएका छन्। अनित थापाले भने, ‘भाजपाले दिने भए वहुमतको सरकार हुँदा नै दिनु पर्ने हो। तर नेताहरु आएर सपना मात्र देखाएर जान्छ। सपना मात्र देखाएर जान्छ। सपना कहिले पनि बिपना हुँदैन। हामीले शान्ति परिवेश वनाएका छौं र यो परिवेसले गर्दा नै शिक्षामा उन्नति भईरहेको छ। यसपालीको भोट हावामा नजायोस् किनभने प्रत्येक भोटको महत्व छ।’
पार्टी अध्यक्ष अनित थापाले आफ्नो सम्बोधनमा अघि भने, ‘चुनावी सभा लगातार रुपमा भईरहेको छ र आज तीनधारे महानदी समष्टिमा भएको हो। म यहाँ आएर विकासको कार्य लगातार रुपमा गरिरहेको छु। बंगाल हाम्रो चिहान हो भन्ने चलन बिमारी हो।‌ यसले हामीलाई नै नोक्सान हुन्छ।’
उनले भाजपाले एसआईआर लगाएर हाम्रो परिचयलाई शंका गरेको छ र लाइनमा उँभिएर दु:ख दियो तर कसैले केही बोलेन भनी बताए। उनले भने, यस क्षेत्रमा विकास कार्यहरु धेरै गरेको बताउँदै मैले भोट आउँदा पनि भोट नआउँदा पनि काम गरिरहेको नै छु। जनताभन्दा पनि कार्यकर्ताहरु सक्रिय हुनुपर्छ। चुनावको समयमा विचार परिवर्तन गर्नुपर्छ‌।’ उनले अझ भने, जनताले अनित थापाले ल्याएको पट्टा थाप्नु मानेन। सरकारले दिएको पट्टा पनि स्वीकार गरेन। कमान बस्तीले ठूलो कुरा गुमायो। हामीले भाजपा आएर केवल गुमाएका छौँ। पहाडमा 80 प्रतिशत जनताको हातमा जमीनको कागज पत्र छैन। ‘
उनले आरोप लगाउँदै भने, चुनावको समयमा मात्र निम्नत्तम रोजगारको कुरा आउँछ। चुनावको बेला मात्रै गोर्खाल्याण्डको कुरा आउँछ। चुनावको बेला मात्रै जाति र माटोको कुरा आउँछ।’ थापाले पार्टी कार्यकर्ताहरुलाई आह्वान गर्दै भने, ‘सबैले आफ्नो आफ्नो बुथको जिम्मेवारी लिनुपर्छ। किनभने हरेक बुथमा केही न केही विकासको कार्य भएको छ। अब कार्यकर्ताहरुले जिम्मेवारी लिएर काम गर्नुपर्छ।’

About Author

Advertisement