भोक लाग्यो भन्दै डेलिभरी ब्वाईले बाटोमै मासु खाए, ग्राहकलाई हड्डी मात्र दिएर माग्यो माफी

0-1-delivery-boy

हिजोआज प्राय: मानिसलाई जब धेरै भोक लाग्छ वा केही मसलादार खाना खान मन लाग्छ, तब मानिसहरू हतारमा अनलाइन खाना अर्डर गर्छन्। कार्यालयमा होस् वा घरमा खाना अनलाइन मगाउने गर्छन्। यति मात्र होइन, अर्डर गरेपछि उनीहरु डेलिभरी ब्वाईको लोकेसन, खाना कहाँ पुग्यो र कति समयमा पाइन्छ भन्ने कुरा पनि निरन्तर सोधखोज गर्छन्। तर, धेरै भोक लाग्दा र अर्डर आइसकेपछि पनि खाना नपाउँदा कस्तो लाग्छ एकपल्ट कल्पना हेर्दा हुन्छ। एक व्यक्तिसँग यस्तै भएको छ।न्यूयोर्क पोस्टका अनुसार डोरडासका एक ग्राहकले खाना अर्डर गरेका थिए। तर, खाना पुगेपछि डेलिभरी गर्नेले बाटोमै खाना खाइसकेका थिए। युजर एटदरेटदसुडेसशो आफैले टिकटकमा यो जानकारी दिएका छन्। उनले एउटा भिडियो शेयर गर्दै आफूले अर्डर गरेको कुखुराको फिला उनीसम्म पुग्दा हड्डी मात्र बाँकी थियो। मासु भने डेलिभरी ब्वाईले बाटोमा खाइसकेका थिए।

यति मात्र होइन, त्यसपछि डेलिभरी ब्वाईले एउटा नोट पनि छोडे, जसमा उनले यो खाना किन खाएको भनेर बताएका छन्। तर, उनले साथमा ल्याएको पेय पर्दाथलाई भने छोएकासम्म पनि गिएनन्। छुन पनि दिएनन्। यो भिडियो इन्स्टाग्राममा पनि हेर्न सकिन्छl डेलिभरी ब्वाईले नोटमा खाना खानुको कारण बताए। उनले आफू निकै दुखी भएको र आफूलाई धेरै भोक लागेको भनेका छन्। जसका कारण उनले ग्राहकको खाना खाए। उनले ग्राहकका लागि एउटा नोट छोडे र हृदयबाटै माफी पनि मागे। यति मात्र होइन, उनले आफ्नो नोकरीबाट सन्तुष्ट नभएकाले तुरुन्तै छोड्न लागेको कुरा पनि नोटमा लेखेका छन्। यति हुँदाहुँदै पनि ग्राहक निक्कै रिसाए। उनी एकतर्फी डेलिभरी ब्वाईको विरुद्धमा गुनासो गर्न पनि चाहँदैनन्। अर्कोतर्फ उनी आफूले मगाएको कुखुराको फिला फिर्ता चाहान्थे। उनले सबैलाई ‘तपाईं मेरो ठाउँमा भएको भए के गर्नुहुन्थ्यो?,’ भन्दै सोधेका छन्। केही प्रयोगकर्ताहरूले लेखेका छन्, ‘कम्पनीलाई सत्य बताउनुहोस्, तपाईंले फिर्ता पाउनुहुन्छ,’ भनेर लेखेका छन्। अन्य केहीले खाना चोरी भयो भनेर उजुरी गर्न भनेका छन्। त्यस्तो गर्दा उनलाई फाइदा हुन्छ कि हुँदैन? भन्ने कुरामा पनि बहस भएको छ।

About Author

Advertisement