सोनादा: भूतपूर्व सैनिक परिवार ४/८ गोर्खा राइफल्स दार्जिलिङले आफ्नो ८५औं स्थापना दिवस पालन गरयो। रघुकुल भवन खोपरेल, सिलगढीमा सम्पन्न यस समारोहका मुख्य अतिथि सुबेदार मेजर कमल गुरुङ उपस्थित थिए। रूपा घलेले सञ्चालन गरेको यश कार्यक्रममा पूर्व सैनिक परिवार साथै गोर्खा राइफल्स ४/८ जीआरका सदस्यहरू लगायत उनीहरूका परिवार साथै दार्जिलिङ, खरसाङ, कालेबुङ, सिलगढी, डुवर्स तथा पहाड मधेस तराईका सम्पूर्ण अवकाशपूर्ण सैनिकहरू भेला भएका थिए। यश अवसरमा पूर्व सैनिकहरूको मनोरञ्जनको निम्ति विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो भने संगठनका नयाँ सदस्यहरूलाई स्वागत जनाउँदै मायाको चिनो पनि प्रदान गरिएको थियो। यश अवसरमा पत्रकारहरूसँग बोल्दै सभापति अननेरी कप्तान राजेन्द्र राई र सचिव पूर्व नायक सुबेदार ज्ञानबहादुर तामाङले संगठनको उद्धेश्य, नियम र कार्यपद्वतिमाथि विस्तृत जानकारी दिए। दुवैले पल्टनको दिनहरू स्मरण गर्दै हाम्रो दैनिक जीवनमा पनि यही अनुशासन हुनपर्नेमा जोड दिए। उनीहरूले सम्पूर्ण अवकाश साथीहरूलाई यश संगठनसँग जोडिने पनि आह्वान गरे।









