भूतपूर्व सैनिक कल्याण संगठनको आयोजनामा फुटबल टुर्नामेन्ट शुरु

IMG-20250119-WA0213

पहिलो खेल बदामताम एफसी बिजय

सोनादा: भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन पचेङ शाखाको आयोजनामा निम्न सोनादा पचेङ दुबे खेल मैदानमा सिल्भर जुबली नक आउट फुटबल टुर्नामेन्ट आजदेखि शुरु भएको छ। यो टुर्नामेन्ट भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन पचेङ शाखाको रजत वर्ष अर्थात २५ वर्ष पुगेको अवसरमा आयोजना गर्न गरिएको छl आइतबार १९ जनवरीदेखि लोवर सोनादाको दुबे खेल मैदानमा यो टुर्नामेन्ट शुरु भएको छl यस फुटबल टुर्नामेन्ट‌मा दार्जीलिङ, खरसाङ, सिलगढी क्षेत्रबाट २० वटा टिमहरुले सहभागिता जनाउने भएको छ। आजको पहिलो खेल बदामताम एफसी र जीजेएससी घुममाझ सम्पन्न भएको थियो। यस उदघाटन खेलमा बदामताम एफसीले घुमलाई ४-३ को अन्तरले जितेर दोस्रो चरणमा‌ प्रवेश गरेको छ। अब अर्को खेल आगामी २४ जनवरीमा कलेज भेल्ली र युबीएफसी कोठीधुरामाझ सम्पन्न हुने भएको छ। यस उदघाटन खेलमा‌ अतिथिको रुपमा पुरण सुब्बा, अजान सुब्बा, सावित्री छेत्री, मनकुस राई लगायत अन्यहरु उपस्थित रहेका थिए। यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ भनी भूतपूर्व सैनिक कल्याण वेलफेयर एसोसिएसन पचेङ शाखाको सभापति अननेरी कप्तान एलबी राईले जानकारी गराएका छन्‌‌।

About Author

Advertisement