भूतपूर्व जिल्ला र ग्राम पञ्चायतलाई आज एउटा भव्य कार्यक्रमबिच अभिनन्दन

सोरेङः सत्तारूढ एसकेएम पार्टीको समष्टि स्तरीय समितिले सोरेङ च्याखुङ क्षेत्रका भूतपूर्व जिल्ला र ग्राम पञ्चायतलाई आज एउटा भव्य कार्यक्रमबिच अभिनन्दन जनाएको छ। थर्पुस्थित सितामटारमा आयोजित कार्यक्रममा पाँच जना भूतपूर्व जिल्ला पञ्चायत र ५७ जना ग्राम पञ्चायत गरेर मोठ ६२ जना भूतपूर्व पञ्चायतलाई उनीहरूको सराहनीय योगदानको मूल्यांकन गर्दै अभिनन्दन जनाएको हो । कार्यक्रममा भूतपूर्व जिल्ला र ग्राम पञ्चायतको सम्मानमा प्रतिभोज पनि आयोजना गरिएको थियो । कार्यक्रममा क्षेत्र विधायक आदित्य गोले प्रमुख अतिथि तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ विशिष्ट अतिथिको उपस्थित थिए । यस अतिरिक्त खेलकुद एवं युवा मामिला विभागका सल्लाहकार एमएन सुब्बा, सुचना प्रौद्योगिकी विभागका अध्यक्ष नवराज गुरुङ, कृषि एवं बागवानी बोर्डका अध्यक्ष सीके राणा, वर्तमान र भूतपूर्व जिल्ला अनि ग्राम पञ्चायतगण, सीएलसी अध्यक्ष सुकराज सुब्बासहित समष्टिस्तरीय समितिका सम्पूर्ण पदाधिकारीगण, पार्टी समर्थक र जनसाधारणको बाक्लो उपस्थिति थियो।

अभिनन्दन कार्यक्रममा विशिष्ट अतिथिको रूपमा उपस्थित एसकेएम प्रवक्ता एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले आगामी वर्ष २०२४ को विधानसभा चुनाउमा पार्टी अध्यक्ष प्रेमसिंह गोलेलाई आफ्नो जन्मथलो सोरेङ च्याखुङ समष्टिबाट उठाउने पार्टीले जमर्को कसिसकेको बताए। मुख्यमन्त्री गोलेको कुशल नेतृत्वमा सिक्किमको चौतर्फी विकास भइरहेको बताउँदै आउँदो विधानसभा चुनाउमा पार्टी अध्यक्ष एवं मुख्यमन्त्री पीएस गोलेलाई सोरेङ च्याखुङ समष्टिबाट उठाएर मुख्यमन्त्रीले चुनावी प्रचार-प्रसार नगरी पार्टी कार्यकर्ताहरुले भारी मतले जिताउनु पर्ने आह्वान उनले गरे।

राजनीतिक सचिव खालिङले अघि भने, यदि मुख्यमन्त्रीलाई सोरेङ च्याखुङबाट उठाएर यहाँ चुनावी प्रचार-प्रसारको निम्ति समय बर्बाद गरेन भने पार्टी अध्यक्षले अन्य समष्टिमा ज्यादाभन्दा ज्यादा समय दिन सक्ने छन् हामी आउँदो चुनाउमा ३२ वाटै समष्टिमा विजय हासिल गरेर बलियो सरकार बनाउन चाहन्छौं। सबै पार्टी कार्यकर्ताहरु एकजुट भएर अब कम्बर कस्नुपर्छ। पार्टी कार्यकर्ताहरु बलियो भयो भने मुख्यमन्त्री र सरकार पनि बलियो हुन्छ एसकेएम सरकारले सामूहिक विकासलाई प्राथमिकता दिएर काम गरेको बताउँदै खालिङले आगामी विधानसभा चुनाउपछि एसकेएम पार्टीले मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा बलियो सरकार बनाउने ठोकुवा गरे। आज अभिनन्दित भूतपूर्व जिल्ला पञ्चायतहरुमा पुनमाया सुब्बा, भक्त प्रसाद शर्मा, कमला छेत्री र इङ्ला हाङ्गा सुब्बा रहेको छ। यसरी ने अभिनन्दित भूतपूर्व ग्राम पञ्चायतहरुमा च्याखुङ ग्राम पञ्चायत एकाईबाट समसुन पेम्बा लेप्चा, कल्पना मुखिया, पुष्पा गुरुङ, उदय कुमार राई, भीमबहादुर गुरुङ र डम्बर कुमारी गुरुङ रहेका छन्। चुम्बुङबाट गोतम राई, सुनिता राई, गायत्री राई, पाल्जाङ लेप्चा, मेन्दोगाउँबाट राधिका मगर, समीर लेप्चा, सुनमाया तामाङ, मिलन गुरुङ, मालबिका मुखिया, माङसारी- मगरजोङबाट मिक्की हाङ्गा सुब्बा, विष्णु माया छेत्री, मंगल सिंह सुब्बा, पवित्र छेत्री, मालबाँसेबाट सपना छेत्री, कौशिला छेत्री, बीआर सुब्बा, विशाल बस्नेत, वाइबी भण्डारी, बुदाङबाट रेनुका छेत्री, उमादेवी शर्मा, एनुज सुब्बा, दिनेश कुमार राई, कृष्ण कुमारी छेत्री, सोरेङबाट चन्द्र कुमारी गुरुङ, अशोक प्रधान, भाइजङ सुब्बा, शंकर मान पेगा सामेल छन् । यसरी ने टिम्बुरबुङबाट पूर्ण सिंह छेत्री, मुन्ना देवी प्रधान, विष्णु कुमार सुब्बा, ममता विश्वकर्मा, धर्पुबाट कमला सुब्बा, धुर्ब खरेल, अनिता छेत्री, जगत सुब्बा, कर्थोक-बजेकबाट पासाङ लेप्चा, रन्जाना सुनार, हरिलाल छेत्री, अनुका छेत्री, छोटासाम्दुङ आरुबाटेबाट धन कुमार सुब्बा, बबिता मगर, मिन्तुक डोमा भोटिया, सन्न रानी सुब्बा, डम्बर सिंह सुब्बा र सिङलिङ ग्राम पञ्चायत एकाइबाट लेण्डुप तामाङ, विष्णु माया गुरुङ, सबिता सुब्बा, प्रदीप तामाङ र इन्द्रमोती भोटिया रहेको छ। सीएलसी महासचिव छोजाङ भोटियाद्धारा सञ्चालित कार्यक्रममा मुख्य अतिथि विधायक आदित्य गोलेले पनि छोटकरीमा सम्बोधन गरेका थिए। कार्यक्रममा स्वागत सम्बोधन सीएलसी अध्यक्ष सुकराज सुब्बा र धन्यवाद ज्ञापन धिरेन खरेलले राखेका थिए।

About Author

Advertisement