६ सेप्टेम्बरः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्-आउट फूटबल प्रतियोगितामा मंगलवार दुईवटा म्याच खेलियो। लेबोंगको गोर्खा स्टेडियममा आज भएको पूल सी-को म्याचमा भूटिया बस्ती फूटबल एकाडमीले माउण्ट हर्मोन बोइज क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल सांगे भूटियाले गरे। यसरी नै दोस्रो म्याचमा ग्लेनबर्न युनाइटेड एफसी-ले ब्लूमफील्ड एफसी-लाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट साहिल गुरुङ, सिद्धान्त गुरुङ, अंकित राई र अमित तामाङले गोल गरे। यसरी नै ब्लूमफील्ड एफसी-बाट विवेक छेत्रीले १ गोल गरे।











