भुवनेश्वरको निम्ति १०.७५ करोड़को बोली, दीपक चाहरले पाए ९.२५ करोड़

IMG-20241125-WA0271

जेद्दा (सऊदी अरब): आईपीएल २०२५-को मेगा लिलामीको दोस्रो दिन ठूलो बोली हासिल गर्नेहरूमा भुवनेश्वर कुमार, दीपक चाहर, आकाश दीप र मुकेश कुमार जस्ता भारतीय पेस बलर सामेल रहे । दिग्गज पेस बलर भुवनेश्वरको निम्ति रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले १०.७५ करोड़ रुपियाँको बोली लगायो। यसरी उनी दोस्रो दिनको लिलामीमा सबैभन्दा महँगो खेलाड़ी रहे। भुवीलाई यस साल सनराइजर्स हैदराबादले रिलीज गरेको थियो। भुवनेश्वरले आईपीएलमा १७६ वटा म्याच खेलेर १८१ विकेट हासिल गरेका छन् । पेस बलिंग अलराउण्डर दीपर चाहरको निम्ति मुम्बई इण्डियन्सले ९.२५ करोड़को बोली लगायो । उनलाई यस साल चेन्नई सुपर किंग्सले रिलीज गरेको थियो। मुकेश कुमारले पनि दिल्ली क्यापिटल्सबाट ८ करोड़ रुपियाँको असल बोली हासिल गरे । पेस बलर आकाश दीपले पनि ८ करोड़ रुपियाँको बोली हासिल गरे। उनलाई लखनऊ सुपर जाइण्ट्सले आफ्नो टीममा सामेल गऱ्यो। तुषार देशपाण्डेलाई ६.५० करोड़मा राजस्थान रोयल्सले सामेल भए। यसरी विदेशी पेस बलरहरूमा दक्षिण अफ्रिकाका मार्को यान्सनको निम्ति पञ्जाब किंग्सले ७ करोड़को बोली लगायो। अलराउण्डर नमन धीरलाई मुम्बई इण्डियन्सले आरटीएम (राइट टू म्याच) कार्ड प्रयोग गरी ५.२५ करोड़ रुपियाँमा हासिल गऱ्यो। न्यूजील्याण्डका स्पिनर मिचेल सेण्टनरलाई मुम्बई इण्डियन्सले उनको बेस प्राइस २ करोड़मा हासिल गऱ्यो।
आज अफगानिस्तानका १८ वर्षीय युवा पेस बलर अल्लाह गजानफारको निम्ति मुम्बई इण्डियन्सले ४.८० करोड़ रुपियाँको बोली लगायो। अफगानिस्तानकै ब्याटर अजमतुल्लाह ओमार जईलाई पञ्जाब किंग्सले २.४० करोड़मा टीममा सामेल गऱ्यो। ईंग्ल्याण्डका ब्याटर विल ज्याक्सले पनि मुम्बई इण्डियन्सबाट ५.२५ करोड़ रुपियाँको बोली हासिल गरे। अन्य विदेशी खेलाड़ीहरूमा अष्ट्रेलियाका टिम डेविड (३ करोड़, आरसीबी), वेष्ट इण्डिजका शेरफाने रदरफोर्ड (२.६० करोड़, गुजरात टाइटन्स), दक्षिण अफ्रिकाका गेराल्ड कोएत्जी (२.४० करोड़, गुजरात टाइटन्स), जोश ईंग्लिश (२.६० करोड़, पञ्जाब किंग्स), सेम कुरेन (२.४० करोड़, सीएसके) र फाफ डू प्लेसिस (२ करोड़, दिल्ली क्यापिटल्स)-लाई पनि खरीददार हासिल भयो। न्यूजील्याण्डका पेस बलर लौकी फर्ग्यूसन २ करोड़ रुपियाँमा पञ्जाब किंग्समा सामेल भए।

About Author

Advertisement