भीर गाउँमा पूग्यो बाटो

Screenshot_20230320_123349_WhatsApp.jpg

स्थानीय बासिन्दाहरूले एडवाडर्स प्रति जनाए आभार

दार्जीलिङ: भीर गाउँको बासिन्दाहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सप्रति जनाए आभार।सुकिया मानेभज्याङ समष्टिको मझुवा ग्राम अन्तर्गत पर्ने भीर गाउँका बासिन्दाहरू बाटोको अभावमा जिउदै आई रहेका थिए। गत केही महिना अधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको उक्त क्षेत्रको भ्रमण अवधि स्थानीय बासिन्दाहरूले आफुहरूको गाउँसम्म पूग्ने बाटोको निर्माण गरी दिनु गुहार लगाएका थिए। स्थानीय गाउँबासी हरूको गुहारलाई ध्यानमा राख्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले गत केही दिन अधि बाटोको खनन कार्यको निम्ति जेसीपी पठाई दिएका थिए। जेसीपीसंग संगै स्थानीय बासिन्दाहरूले पनि बाटोको खनन कार्यलाई निरन्तर रूप दिएपछि आज भीर गाउँसम्म बाटो पूग्न सफल भएको छ।स्थानीय बासिन्दाहरूले आफुहरूको गाउँसम्म बाटो आई पूगेको देखेर अति नै हर्षित बनेका छन। भीर गाउँ निवासी आनन्द राईले बताए अनुसार हाम्रो भीर गाउँमा ४०, ४५ परिवारहरू बसो बासो गर्छौ तर आफुहरूको गाउँमा बाटो नभएको कारणले गर्दा धेरै समस्याहरू भोग्न परी रहेको थियो तर हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले हाम्रो गाउँसम्म बाटो ल्याई दिएर हामीमाथि ठुलो उपकार गर्नु भएको छ।

हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको यो गुणलाई हामी कदापी भूल्ने छैनौ राईले भने। तिनले अधि भने हामी भीर गाउँ निवासीहरूले आफुहरूको गाउँसम्म पूग्ने बाटोको निर्माण गरी दिने पहाडको जति पनि राजनैतिक दलहरूको नेतृत्वहरू छन उनीहरू सवैलाई गुहार लगाएका थियौ, यसको साथै विभागीय अधिकारीहरू समक्ष पनि गुहार लगाएका थियौ तर हाम्रो गुहारलाई कसैले सुनि दिएनन तर हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले हाम्रो समस्यालाई एकै पटकमा सुनेर हाम्रो समस्याको समाधान गरी दिनु भयो।हामी भीर गाउँको बासिन्दाहरूको निम्ति अजय एडवाडर्स मसिया हुनु हुन्छ राईले भने। बाटोको खनन कार्यमा सहयोग पूराउँने सवैलाई मानुभावहरू प्रति पनि भीर गाउँका बासिन्दाहरूले आभार जनाएको छ।

About Author

Advertisement