भिन्न भिन्नै ठाउँमा आत्महत्याको मामिला

dead-2-n

  कालचिनी – कालचिनी खण्डको दुई भिन्न भिन्नै ठाउँबाट दुईवटा आत्महत्याको मामिला प्रकासमा आएको छ| प्राप्त जानकारीअनुसार कालचिनी थाना अन्तर्गत डिमा चियाबारीको एकजना लगभग ५० बर्षीय पुरुष जीतवाहन लोहारको शव डिमा चियाबारीको शम्सान घाट नजीकैको एउटा रुखमा झुण्डिएको अवस्थामा आज बिहान स्थानीय बासिन्दाहरूले देखेपछि सनसनी मच्चिएको थियो। यसको सूचना पुलिसलाई दिँदा घटनास्थलमा कालचिनी थानाको पुलिसबल पुगेर उक्त शवलाई उद्धार गरेर पोस्टमार्टमको निम्ति अलिपुरद्वार जिल्ला अस्पताल पठाएको पुलिस सुत्रले जनाएको छ|

  घटना सम्बन्धमा मृतकको छोरा अनूप लोहारले कालचिनी थानामा मानसिक रूपले अस्थिर पिता जीतवाहन लोहार उर्फ टिंकू गत बुधबार बिहानदेखि निखोज रहेको तर आज कमानको एउटा रुखको हाँगामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकोले घटनाको छानबीन गरिदिया जाओस भनि प्राथमिकी दर्ता गरेको बताईएको छ| अर्कोतिर हाँसीमारा आउटपोस्ट अन्तर्गत पर्ने बीच चियाबारीको फरेस्ट लाईन निवासी एकजना गर्भवती महिलाद्वारा झुण्डिएर आत्महत्या गरेको मामिला प्रकासमा आएको छ| प्राप्त जानकारीअनुसार बीच चियाबारीको फरेस्ट लाईन निवासी बिलन्ती उराँव (२२) को गत ६ महीना अघि मात्र विवाह भएको थियो भने तिनी ३ महीनाको गर्भवती अवस्थामा थिईन| तर आज तिनको झुण्डिएर पासो लगाई आत्महत्या गरेको अवस्थामा शव फेला परेकोले पुलिसले यसको म्याजिस्ट्रेट जाँच गराएर मात्र पोस्टमार्टममा पठाईने जनाएका छन्|

About Author

Advertisement