भारी मात्रामा नशालु पदार्थसहित एक व्यक्ति पक्राउ

cb323e09-efe5-44e8-945e-e68a85a9bafb-1

गान्तोकः सदर पुलिसले भारी मात्रामा प्रतिबन्धित लागूऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिको नाम सञ्जय प्रधान उर्फ सलमान हो। ४२ वर्षीय आरोपित गान्तोक छेउ रे खोला निवासी हुन्।

पुलिस रिपोर्ट अनुसार, आरोपित व्यक्तिलाई खेल गाउॅं छेउ रेशिथाङमा संदिग्ध स्थितिमा घुमिरहेको देखिएको थियो। एसआई शेखर बस्नेतको अगुवाईमा घटनास्थल पुगेको पुलिस दलले उक्त व्यक्तिको वाहनबाट ७४ बोतल कफ सिरप, ३,९१७ वटा स्याम्पेक्स प्लस क्याप्सुल, ५५.१४३ ग्राम संदिग्ध ग्राउन शुगर र १० वटा निक्टर-टेन ट्याबलेट जफत गरेको छ। आरोपित व्यक्ति विरूद्ध पुलिसले साडा अधिनियम र एनडीपीएस अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ।

About Author

Advertisement