भारत विरुद्ध तेस्रो टेस्ट म्याचबाट बाहिर भए प्याट कमिन्स

IMG-20230224-WA0282.jpg

२४ फरवरीः भारत विरुद्ध बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजमा पछि रहने अष्ट्रेलियाई टीमलाई ठूलो झट्का लागेको छ। टीमका कप्तान प्याट कमिन्स इन्दौरमा खेलिने सीरीजको तेस्रो टेस्ट म्याचबाट बाहिर भएका छन्। उनी सिडनी स्थित आफ्नो घरमा परिवारसँग रहनेछन्। भारतले सीरीजमा पहिलो दुवै टेस्ट म्याच जितेर २-०-को अजेय बढ़त हासिल गरिसकेको छ। दिल्लीमा दोस्रो टेस्ट म्याच समाप्त भएपछि कमिन्स आफ्नो अस्वस्थ्य आमाको हेरचाह गर्न अष्ट्रेलिया फर्किएका थिए अनि अहिले उनी भारत विरुद्ध तेस्रो टेस्ट म्याच खेल्न नसक्ने भएका छन्। उनको स्थानमा स्टीव स्मिथलाई तेस्रो टेस्टको निम्ति अष्ट्रेलियाई टीमको कप्तान नियुक्त गरिएको छ। प्याट कमिन्सद्वारा जारी बयानमा भनिएको छ, मैले अहिले भारत नफर्किने फसेला गरेको छु कारण आमा बिमार छिन्। म यहाँ उनको हेरचाह गर्न चाहन्छु। यस समय क्रिकेट अष्ट्रेलिया र साथी खेलाड़ीहरूबाट प्राप्त भएको समर्थनको म सराहना गर्छु। तपाईंहरू सबैलाई धन्यवाद। यसबीच दोस्रो टेस्ट म्याचपछि पत्नीसँग दुबईमा चार दिन बिताउने स्मिथ भारत फर्किएका छन्।

About Author

Advertisement