भारत र बंगलादेशबीचको राजनीतिक तनावका कारण एसिया कप क्रिकेट धरापमा

IMG-20250719-WA0114

नयाँ दिल्ली: एसिया कप क्रिकेट २०२५ आयोजना हुने वा नहुने भन्ने गहिरिँदै गएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र केही अन्य सदस्य बोर्डले एसियाली क्रिकेट परिषद् (एसीसी) को अर्को बैठक बंगलादेशको राजधानी ढाकामा आयोजना भयो भने त्यसमा भाग नलिने बताएका छन्। बैठक जुलाई २४ मा ढाकामा हुन लागेको छ।
बीसीसीआईले ढाकामा हुने बैठकमा भाग नलिने स्पष्ट पारेको छ। एक वरिष्ठ स्रोतले इन्डिया टुडेलाई बताएअनुसार बीसीसीआईले आधिकारिक रूपमा एसीसी र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का वर्तमान अध्यक्ष मोहसिन नक्वीलाई यसबारे जानकारी गराएको छ।
बीसीसीआईको निर्णयको पछाडिको कारण भारत र बंगलादेशबीचको वर्तमान राजनीतिक तनाव रहेको बताइएको छ। बीसीसीआई बाहेक श्रीलंका, अफगानिस्तान र ओमानका क्रिकेट बोर्डले पनि बैठक ढाकामा आयोजना भयो भने भाग नलिने स्पष्ट पारेका छन्। एसीसीको नियम अनुसार प्रमुख सदस्य देशको अनुपस्थितिमा लिइएका निर्णय अवैध मानिनेछ।
एसिया कप सेप्टेम्बर २०२५ मा आयोजना हुने तालिका छ। भारत यसको आयोजक देश हो। तर प्रतियोगिता युएई वा श्रीलंकामा आयोजना हुने सम्भावना थियो। तर, भारत–पाकिस्तान तनाव र हालको घटनाक्रमका कारण एसिया कप २०२५ को आयोजनामाथि ठुलो प्रश्न उठेको छ।

About Author

Advertisement