भारत-बंगलादेश सीमामा नयाँ बम बरामद

58438730-fcd4-439e-9647-f5925a5e8e1f


मालदाः पञ्चायत चुनावपछि पनि मालदामा भारत-बंगलादेश सीमामा नयाँ बम बरामद गर्ने प्रक्रिया जारी छ। घटना शनिबार बिहान भएको हो।मालदाको वैष्णवनगर थानाको कुम्भिरा ग्राम पञ्चायत अन्तर्गत जैनपुर क्षेत्रमा नयाँ बम फेला परेको थियो। बम बरामद भएको खबर प्राप्त हुनासाथ बम डिस्पोज टोली घटनास्थलमा पुगेर बम निष्क्रिय पारेको थियो । पुलिस स्रोतका अनुसार शनिबार बिहान सो क्षेत्रमा आँपको बगैचाको झाडीमा बम फेला परेको हो । आँपबारीमा बम देखेपछि वैष्णवनगर पुलिस चौकीलाई खबर गरिएको थियो, पुलिस आएर पुरै क्षेत्र घेराबन्दी गरेको थियो । लगत्तै बम स्क्वाडलाई खबर गरिएको थियो । पुलिस स्रोतका अनुसार आँपको बगैचाबाट ११ वटा कोटा र सुतली बम बरामद भएको छ । आज बिहान खेतमा काम गर्न जाँदा आँपबारीमा रहेको झाडीमा बम राखिएको देखेको गाउँका केहीले बताए । पछि पुलिस आएर बम निष्क्रिय पारेको थियो ।

About Author

Advertisement