भारत-पाकिस्तान तनावबारे अमेरिकाले भन्यो: ‘हामी निगरानी गरिरहेका छौं’

IMG-20250507-WA0061

नयाँ दिल्ली: भारत र पाकिस्तानबीचको स्थितिबारे अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रतिक्रिया जनाएका छन्। भारतको आक्रमणप्रति प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘हामी यस स्थितिमाथि निगरानी गरिरहेका छौं।’
रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘म भारत र पाकिस्तानबीचको अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको छु।’
उनले अगाडि थपेका छन्, ‘म राष्ट्रपति डोनाल्ड ट्रम्पको यो तनाव चाँडै अन्त्य होस् र भारत तथा पाकिस्तान दुवै मुलुकका नेतृत्वसँग वार्तामार्फत् शान्तिपूर्ण समाधान खोज्ने प्रयास जारी रहनेछ भन्ने टिप्पणीसँग सहमत छु ।’
बीबीसीका अनुसार पाकिस्तानले दिएको जानकारी अनुसार भारतीय हवाई हमलामा परी २ बालबालिकासहित ७ जनाको ज्यान गएको छ ।भारतीय हमलाको प्रतिक्रिया दिंदै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भनेका छन्, ‘भारतको आक्रमणको निर्णायक जवाफ दिन पाकिस्तानसँग पूर्ण अधिकार छ।’

About Author

Advertisement