भारत जोडो न्याय यात्राको बीचबाटै राहुल गान्धी दिल्ली प्रस्थान

1706162932_rahul-gandhi.jpg

कोलकाता: बिहीबार बिहान असमबाट बंगालमा प्रवेश गरेपछि कांग्रेसले आफ्नो ‘भारत जोडो न्याय यात्रा’को दिनभरको कार्यक्रम घोषणा गरेको थियो। तर कांग्रेस नेता राहुल गान्धी कोचबिहारको बक्सिरहाटमा एउटा सानो बैठक र जिल्ला मुख्यालयमा ‘रोड शो’ गरेर ‘महत्वपूर्ण कारणले’ दिल्ली प्रस्थान गरे। यद्यपी उनको अचानक दिल्ली भ्रमणको कारणबारे कुनै आधिकारिक घोषणा गरिएको छैन। कांग्रेस नेताका अनुसार बंगाल प्रवेश गरेपछि राहुल गान्धीको भ्रमण २५ र २६ जनवरी दुई दिनका लागि स्थगित गर्ने निर्णय भइसकेको थियो। सोही अनुसार उनी दिल्ली फर्किएका छन्।

About Author

Advertisement