भारत: कोभिड-१९ अपडेट

Corona-1-copy-3

नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.६५ करोड (९५.२० करोड दोस्रो डोज र २२.८६ करोड सुरक्षा डोज) खोपहरू प्रशासित गरिएको छ। पछिल्लो २४ घण्टामा १५ हजार ७८४ खोप लगाइएको छl भारतमा सक्रिय बिरामीहरूको संख्या १३ हजार ५०९ छ भने सक्रिय मामला दर ०.०३ प्रतिशत छl हालको स्वस्थ दर ९८.७८ प्रतिशत छ भने पछिल्लो २४ घण्टामा १ हजार ३ सय ९६ जना स्वस्थ भएका छन्l अहिलेसम्म स्वस्थ हुनेको कुल सङ्ख्या ४ करोड ४१ लाख ६८ हजार ३२१ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार १६ नयाँ संक्रमित थपिएका छन् भने दैनिक सक्रिय मामला दर २.७३ प्रतिशत रहेको छl साप्ताहिक सक्रिय मामला दर १.७१ प्रतिशत रहेको छl अहिलेसम्म ९२.१४ करोड परीक्षण, पछिल्लो २४ घण्टामा १,१०,५२२ परीक्षण गरिएको छl –पीआईबी

About Author

Advertisement