‘भारतीय सनातन सांस्कृतिक कार्यक्रम’ को सिक्किमका राज्यपालद्वारा उद्घाटन

IMG_20220703_225015.jpg

गान्तोक: आज सिच्छेस्थित प्रशान्ति विद्या मन्दिर माध्यमिक विद्यालयमा चार दिवसीय ग्रीष्मकालीन शिविर ‘भारतीय सनातन सांस्कृतिक कार्यक्रम’ को सिक्किमका राज्यपाल गंगा प्रसादले उद्घाटन गरे। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले ग्रीष्मकालीन शिविरले राज्यका युवाहरूमा मनलाई आकार दिन मद्दत गर्नेछ र त्यसलाई राष्ट्र निर्माणमा एउटा संयुक्त शक्तिमा परिणत गर्नेछ भनी बताए। लागू पदार्थ दुर्वेसनिमाथि बोल्दै उनले युवाहरूलाई ड्रग्सबाट टाडा रहने प्रतिबद्ध बन्न आह्वान गरे।
राज्यपालले भने, लागू पदार्थको लत दिनदिनै बढिरहेको छ, जुन समाज, राज्य र राज्यकै निम्ति पनि हानिकारक हो। यसकारण, युवाहरू ड्रग्सको प्रयोगबाट टाडा बस्ने कसम खानुपर्छ। राज्यलाई ड्रग्समुक्त र असामाजिक तत्त्वहरूबाट मुक्त राख्न युवाहरूले महत्वपूर्ण योगदान दिनुपर्छ। भौतिक ज्ञान बाहेक, युवाहरूले आध्यात्मिक ज्ञान पनि आर्जन गर्नु आवश्यक छ।
उनले युवा उद्यमिता र सशक्तिकरणमाथि पनि बल दिए। उनले तृणमूलस्तरमा युवा उद्यमिता र सशक्तिकरणमा प्रोत्साहित गर्नु प्रधानमन्त्री नरेन्द्र मोदीको भोकल फर् लोकर र आत्मनिर्भर भारतको सपनालाई साकार बनाउने एकमात्र बाटो रहेको बताए। आजादीको अमृत महोत्सवले राष्ट्रका युवाहरूलाई देशका स्वतन्त्रता सेनानीहरू र उनीहरूका योगदानबारे अवगत गराउने मुख्य लक्ष्य लिएको पनि जानकारी गराए।

About Author

Advertisement