भारतीय महिला क्रिकेट टीमकाे जुलाईमा बांग्लादेशको भ्रमण

pro.webp

नयाँ दिल्ली। भारतीय महिला क्रिकेट टीमले जुलाईमा एक सेतो गेन्द श्रृंखलाको निम्ति बांग्लादेशको भ्रमण गर्नेछ। बांग्लादेश क्रिकेट बोर्डको महिला विङका अध्यक्ष शफीउल आलम चौधरी नडेलले क्रिकबजसित कुराकानीमा उक्त जानकारी दिए।

नडेलले भने, हामी जुलाईमा भारतको महिला राष्ट्रिय क्रिकेट टीम विरूद्ध सेतो गेन्दको सीरीज खेल्नेछौं र सबै म्याच शेर-ए-बांग्ला नेशनल स्टेडियममा खेलिनेछ।

११ वर्षमा पहिलो पल्ट शेर-ए-बांग्ला नेशनल स्टेडियमले महिलाहरूको अन्तरराष्ट्रिय खेलको मेजबानी गर्नेछ। अन्तिम पल्ट यस स्थानमा बांग्लादेशको महिला टीम २०१२ मा दक्षिण अफ्रीका विरूद्ध खेलेको थियो।

भारतीय टीम तीन वनडे र तीन टी२० म्याच खेल्न 06 जुलाईमा ढाका पुग्नेछ। टी-२० म्याच ९, ११ र १३ जुलाईमा खेलिनेछ भने तीन एकदिनी म्याच १६, १९ र २२ जुलाईमा खेलिनेछ। सबै म्याचहरू दिनमा खेलिनेछ।

About Author

Advertisement