बर्दियाः बर्दियामा भारतीय वनरक्षकले गोली चलाउँदा एक नेपाली घाइते भएका छन्।
बर्दियाको नेपाल-भारत सीमा क्षेत्रमा खेतमा काम गरिरहेका गुलरिया नगरपालिका-८ नारायण टोलका ४५ वर्षीय बलाराम लोध घाइते भएका छन्। भारतीय सीमानजिकको आफ्नो खेतमा काम गरिरहेको समयमा वनरक्षकले सीमापारिबाट गोली चलाएका हुन्। रविबार राति करिब सात बजेको समयमा लोधलाई गोली लागेको उनका भाइ बाँकेलाल लोधले बताए।









