भारतीय फूटबल टोलीको न्यूजील्याण्डविरुद्ध लगातार दोस्रो हार

IMG-20261115-WA0067

क्राइस्टचर्च: भारतीले न्यूजील्याण्डविरुद्ध आइतवार खेलिएको दोस्रो अन्तर्राष्ट्रिय मैत्री फूटबल म्याचमा पनि निराशाजनक हारको सामना गर्नु पऱ्यो। क्राइस्टचर्चमा खेलिएको म्याचमा आयोजक न्यूजील्याण्डले भारतलाई ३-०-ले पराजित गऱ्यो। भारतीय टोलीको रक्षापंक्ति पहिलो हाफको खेलमा छताछुल्लै देखियो अनि न्यूजील्याण्डले मौकाको फाइदा उठाउँदै ३ गोल गरेर म्याच जित्यो। दोस्रो हाफको खेलमा भारतीय टोलीले पुनरागमनको प्रयास गरे पनि टोलीले गोल गर्न सकेन। म्याचको शुरुवातमा दुई टोलीबीच असल प्रतिस्पर्धा देख्न पाइयो तर २२औं मिनटमा न्यूजील्याण्ड बढ़त हासिल गर्न सफल भयो। फिन सुरमनले कर्नर किकमा हेडरद्वारा गोल गरी न्यूजील्याण्डलाई पहिलो गोल दिलाए। यस अवधि गोली भारतीय डिफेण्डर आकाश मिश्राको शरीरमा लागेर नेटमा फर्कियो। पहिलो गोल गरेपछि न्यूजील्याण्डको खेलाड़ीहरूका आत्मविश्वास बढ़्यो। म्याचको ४०औं मिनटमा जेम्स म्याकग्यारीले बक्सको बाहिरबाट देब्रे खुट्टाले शक्तिशाली शट् लगाएर गोलीलाई नेटमा हाले। भारतीय गोलकीपरले रोक्ने प्रयास गरे पनि गोली सीधै नेटमा पस्दा न्यूजील्याण्डको बढ़त दोब्बर भयो। न्यूजील्याण्डले पहिलो हाफमै भारतको मुश्किल बढ़ायो। कप्तान क्रिस वुडले ४३औं मिनटमा जेसी रेण्डलबाट प्राप्त भएको पासमा गोल गरी न्यूजील्याण्डलाई ३-०-ले अघि पारे। पहिलो हाफमा एकपछि अर्को ३ गोल खाएपछि भारतीय टोलीले दोस्रो हाफमा आफ्नो रक्षापंक्तिलाई मजबूत गऱ्यो। भारतीय खेलाड़ीहरूले व्यवस्थित तरिकाले खेल्दै न्यूजील्याण्डलाई गोल गर्ने मौकाहरू बनाउन दिएनन्। यसबीच भारतको आक्रमण पंक्तिले चाहिँ लगातार दोस्रो म्याचमा आशानुरुप प्रदर्शन गर्न सकेन। भारतीय फरवर्डहरूले दोस्रो हाफमा गोलको निम्ति लगातार प्रयास गरे पनि कुनै फाइदा भएन। न्यूजील्याण्डले ३-०-को बढ़तलाई अन्तसम्म कायम राखेर जीत हासिल गऱ्यो। यसरी खालिद जमीलको टोलीले न्यूजील्याण्ड यात्रामा लगातार दोस्रो म्याचमा हारको सामना गर्नु पऱ्यो। यसअघि भारतले पहिलो म्याचमा पनि ०-५-ले हारको सामना गर्नु परेको थियो।

About Author

Advertisement