भारतीय प्रशिक्षक गम्भीरको प्रशंसा गरे डेल स्टेनले

IMG-20240715-WA0171

डरबन: दक्षिण अफ्रिकाका पूर्व पेस बलर डेल स्टेनले गौतम गम्भीरलाई भारतका मुख्य प्रशिक्षकको रूपमा नियुक्तिको सराहना गरेका छन्। उनले गम्भीरको आक्रमकता र खेल प्रति जागरुकता भारतीय टीमको निम्ति फाइदाजनक साबित हुने दावी गरेका छन्। राहुल द्रविड़को कार्यकाल समाप्त भएपछि बीसीसीआई-ले गम्भीरलाई भारतीय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। द्रविड़को अन्तिम कार्यकालमा भारतले ११ सालदेखि जारी आईसीसी ट्रफीको खड़ेरी समाप्त गर्दै गत महिना टी२० वर्ल्ड कपको खिताब जित्यो। स्टेनले भने, म गौतम गम्भीरको ठूलो प्रशंसक हूँ। मलाई उनको आक्रमकता मन पर्छ। उनी मैले खेलेको ती केही भारतीय क्रिकेटरहरूमा सामेल छन् जो तपाईंलाई जवाबी हमला गर्छन् अनि मलाई यस्तो मन पर्छ। अब उनले विराट कोहली र अन्य केही वरिष्ठ खेलाड़ीहरूसँग ड्रेसिंग रूममा पनि त्यही माहोल बनाउने आशा छ।
स्टेनले भने, भारत मात्र नभएर विश्व क्रिकेटमै हामीलाई यस्ता खेलाड़ीहरूका आवश्यकता छ जो सामान्य अधिक आक्रामक हुन्छन् अनि म्याचको अवधि ज्यानप्राण लगाउँछन्। यसले गर्दा खेल रोमाञ्चक बन्छ। अहिले विश्वभरि लीग क्रिकेटमा एकसाथ खेल्ने हुनाले सबै मिलनसार छन् अनि एकार्काका साथी हुन्छन्। गम्भीर पनि मैदानमा जति नै आक्रामक भए पनि मैदान बाहिर सज्जन व्यक्ति हुन्। उनी बुद्धिमानी र चतुर क्रिकेटर हुन्। उनीसँग यस खेलको असल जानकारी रहेको छ। यसैकारण उनको नियुक्तिले भारतलाई फाइदा नै हुनेछ।

About Author

Advertisement