भारतीय प्रजातान्त्रिक मोर्चाद्वारा आयोजित दार्जिलिङको जनसभामाथि हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सको प्रतिक्रिया

IMG-20230925-WA0249.jpg

दार्जिलिङ: जीटीएमा मांग्ने मात्र होईन तर दिने प्रावधान पनि रहेको छ त्यसैले बंगाल सरकारलाई जीटीएद्वारा सम्पूर्ण जमीनको अधिकार दिन लगाउने जोड़ दिने सुझाव हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सले दिएका छन्। हिजो दार्जिलिङको जनसभामा भारतीय प्रजातान्त्रिक मोर्चाद्वारा आयोजित “मेरो जमीन मेरो अधिकार” कार्यक्रमको प्रतिक्रियामा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सले जीटीए चिफद्वारा राखेको सम्पूर्ण जमीनको पर्जापट्टाको मांग गर्ने वक्तव्यलाई स्वागत जनाएका छन्। जीटीएमा मांग्ने मात्र होईन दिने प्रावधान पनि रहेको छ सोही प्रावधान अनुसार उनले सम्पूर्ण जमीनको पट्टा चियाबगानवासीहरुलाई दिलाउने कार्य गर्ने सुझाव दिए। उनले भने, भारत स्वतन्त्र हुन अघिदेखि हामी अनि हाम्रो जाति यहीँ थियौँ तर उनीहरुले भूमिहीन भन्ने शब्द पनि नगरोस् अनि प्रजातान्त्रिक मोर्चाका कतिपय नेतृत्वगणले हिजोको कार्यक्रममा ‘जबरजस्ती भएपनि हामी 5 डेसीमलको पर्जापट्टा दिने भएका थियौ ‘भन्ने वक्तव्यलाई चाहिँ जनता अनि विपक्षी दल तथा अन्य अराजनैतिक संस्थाहरुले अमानवीय ठहराएका छन्।हिजोको भारतीय प्रजातान्त्रिक मोर्चाले आयोजना गरिएको कार्यक्रम चाहिँ जनताको अनि विपक्षी तथा अन्य संघ संस्थाहरुको ५ डेसीमल पर्जापट्टाको विरोधको प्रतिफल मान्न सकिन्छ। त्यसै अनुरूप जीटीए चिफ अनित थापाले दवाबमा होस् चाहें आत्माले स्वीकार गरेर होस् आफ्नो स्टेटमेन्ट परिवर्तन गरेर आज हाम्रो जनतालाई सम्पूर्ण भू-भागको जमीनको पर्जापट्टा दिलाउने निर्णय लिएको छ जसको हाम्रो पार्टीले स्वागत जनाउने हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सले बताए। अबोप्रान्त उनीहरुले बंगाल सरकारसितको घनिष्ठतालाई प्रमाण गर्दै जनतासमक्ष सम्पूर्ण जमीनको अधिकार दिलाउनेँ कार्य गर्ने दिएँ उनले सुझाव।यदि उनीहरुले जनतासमक्ष राखेँको आफ्नो बचन पूरा नगरे बिपक्षीको भूमिका हामी निभ्याउने छौँ भनी अजय एडवर्ड्सले भने।

About Author

Advertisement