भारतीय धावक नेपाल आइपुगे

IMG-20240411-WA0008

झापा बिर्तामोड: करिब १९ सय किलोमिटर दौडिएर यात्रा गर्ने उद्देश्यका साथ सोमबार भारतको पश्चिम बंगालस्थित कालेबुङबाट दौड शुरु गरेका दुई भारतीय धावक नेपाल आइपुगेका छन्। ‘रन फर हेल्थ’ को नारा दिएर जलढाका कालेबुङबाट यात्रा शुरु गरेका नोर्देन तामाङ र अनुस शर्मा  काकडभिट्टा आइपुगेका हुन्। उनीहरूलाई मेची पुलमै पुगेर वडा नम्बर -६ का अध्यक्ष ललित बहादुर तामाङ, देही आर्ट काकडभिट्टाका सञ्चालक छितेन लामा , साइक्लिङ ग्रुप विर्तामोडका सदस्यहरू लगायतले खादा लगाएर स्वागत गरेका थिए।

धावकद्वय नोर्देन तामाङ र अनुश शर्मालाई नेपालको राष्ट्रिय झण्डा उपहार दिँदै अध्यक्ष तामाङले यात्रा सफलताको शुभकामना दिँदै काकडभिट्टाबाट बिदाइ गरेका हुन्। मेचीमहाकाली हुँदै करिब १९ सय किलोमिटर दौड यात्रामा निस्किएका धावकहरूले दैनिक ६० देखि ६५ किलोमिटर सम्म दौडिने र ४० देखि ४५ दिनमा केदारनाथ पुग्ने लक्ष्य रहेको जलढाका रनर्सका सहजकर्ता गोपाल गुरुङले जानकारी दिए। दौड यात्रामा निस्किएका उनिहरूलाई बिर्तामोडसम्म साइक्लिङ टिमले स्कटिङ गरेको थियो।

About Author

Advertisement