भारतीय जनता पार्टी १७ नम्बर मण्डलको कार्यकारिणी सभा सम्पन्न

वीरपाडा: अलिपुरद्बार जिल्लाको मदारीहाट विधानसभा क्षेत्र अन्तर्गत भाजपा १७ नम्बर मण्डलको आज माक्रापाडा स्थित कम्युनिटी हलमा कार्यकारिणी सभा सम्पन्न भएको छ।
भाजपा नेता कैलाश याख्खाको सभापतित्वमा साथै डम्बर तामाङद्वारा सञ्चालित उक्त सभामा मुख्य अतिथिको रुपमा भाजपा जिल्ला सभापति भूषण मोदक, विशेष अतिथिमा मदारीहाट विधानसभा क्षेत्रका विधायक मनोज तिग्गा, विधानसभा क्षेत्र प्रमुख रामविलास गोयल, मण्डल प्रभारी बुधुवा लाकडा, जिल्ला आईटी सेल प्रमुख शंकर सन्यासी, जिल्ला सदस्य किशोर विश्वकर्मा आदिको उपस्थिति रहेको थियो।

सभामा आगामी दलीय कार्यक्रमबारे मनोज तिग्गाले आफ्नो कुरो राखे भने, सभामा लिएको दलीय निर्णयलाई सभाले पारित गरेको भाजपा नेता डम्बर तामाङले बताए।

About Author

Advertisement