भारतीय जनता पार्टीद्वारा थाना घेराउ कार्यक्रम पालन

19-28-53-fgh-1.png

खोरीबारी: नवान्न अभियानपछि भाजपाले थाना घेराउ कार्यक्रम पालन गर्यो। राज्य भाजपाको निर्देशअनुसार रानीगञ्ज-बिन्नागढी र खोरीबारी बुढागञ्ज मण्डल कमिटीले आज खोरीबारी थानामा विक्षोभ प्रदर्शन गर्यो। यस अवधि भाजपा नेता तथा कार्यकर्ताहरूले थाना अघि पुलिस तथा तृणमूल सरकारविरुद्ध क्षोभ प्रकट गरे। यस अवसरमा नेशनल काउन्सिल सदस्य गणेश देवनाथ, भोलानाथ सिद्धा, कल्याण कुमार प्रसाद लगायत अन्य उपस्थित थिए। अर्कोतिर, नक्सलबारी मण्डल कमिटीले पनि आज नक्सलबारी थानामा विक्षोभ प्रदर्शन गर्यो। यस अवसरमा जिल्ला सह सभापति दिलीप बारूई, मण्डल सभापति शत्रुघ्न साहनी, सुमन बर्मन, साधन चक्रवर्ती लगायत अन्य उपस्थित थिए।

About Author

Advertisement