भारतीय चर्चित कमेडियन सुनिल ग्रोभर नेपाल आए

IMG-20241129-WA0078

काठमाण्डू: भारतीय चर्चित कमेडियन सुनिल ग्रोभर आफ्नो प्रस्तुति दिन नेपाल आएका छन्। शुक्रबार आयोजना हुने “सुनिल ग्रोभर लाइभ इन नेपाल” कार्यक्रममा प्रस्तुति दिन उनी बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन्।
कार्यक्रममा ग्रोभरले आफ्नो हास्यव्यंग्य प्रस्तुति मार्फत नेपाली दर्शकलाई मनोरञ्जन दिनेछन्। सुनिल ग्रोभर भारतका लोकप्रिय हास्य कलाकार हुन्, जो “गुत्थी” र “डॉक्टर मशहूर गुलाटी” जस्ता भूमिकाबाट चर्चित छन्। नेपाली दर्शकले उनको प्रस्तुति प्रतिक्षा गरिरहेका छन्।

About Author

Advertisement